२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

परम्परागत आर्चरीले जोड्दै नेपाल चीन खेलयात्रा

परम्परागत आर्चरीले जोड्दै नेपाल चीन खेलयात्रा
अ अ+ अ-

काठमाडौंं । चिनियाँ इतिहासमा धनुष र बाणको महत्वपूर्ण सम्बन्ध रहेको छ । चिनियाँहरुले शिकार, खेल, अनुष्ठान, परीक्षा र युद्धको हतियारको रूपमा २०,००० वर्षभन्दा पहिले यस्तो सामग्री प्रयोग गरेको इतिहास छ ।

विगतमा धनुषको कौशलमा पोख्त हुनुलाई चिनियाँ सम्राटहरूको एक गुणको रूपमा लिने गरिथ्यो । धनुषको कौशल चिनियाँ झोउ वंशको छ वटा नोबल आर्ट्स मध्ये एक आर्ट्सका रुपमा लिने गरिन्छ । यो संगै दार्शनिकहरू, कन्फ्यूसियस र लिउ जी लगायतका व्यक्तिहरु पनि राम्रा धनुषधारी रहेको चिनियाँ इतिहासमा उल्लेख छ ।

परम्परागत समयमा चिनियाँहरुले अधिकांश अवस्थामा धनुष र बाणको प्रयोग गर्ने गरेका थिए । बिस्तारै सैन्य तालिम र खेलको रुपमा यसको विकास हुँदै गयो । सैन्य परीक्षामा विशेष रूपमा डिजाइन गरिएको धनुष बाणको प्रयोगात्मक परीक्षा पनि लिन थालिएको चिनियाँ इतिहासमा उल्लेख छ ।

बिस्तारै धनुषको स्वरुप पनि परिमार्जन हुन थाल्यो । शिकारको लागि, चिनियाँहरूले सामान्य धनुष र बाणका साथै पेलट धनुष र एक तानेको बाणको प्रयोग गर्न थाले ।

पेलट धनुष प्रयोग गर्दा, चिनियाँहरूले पत्थरको पेलट प्रहार गर्नको लागि डिजाइन गरिएको हल्का धनुष प्रयोग गर्थे। एक सिद्धान्त अनुसार, पेलट धनुष धनुष र बाणको पूर्ववर्ती थियो र शिकारमा धनुष र बाणको साथमा पेलटको प्रयोग सदियौंसम्म प्रयोग गरिएको थियो । चिनियाँ इतिहासको महत्वपूर्ण भूमिका रहेका चिनियाँ पारम्परिक धनुष बाणको २००९ मा वार्षिक चिनियाँ पारम्परिक धनुष बाण संगोष्ठीको स्थापना भयो ।

जसको उद्देश्य चिनियाँ धनुष बाणको नयाँ जीवित परम्परा सिर्जना गर्नु थियो। चीनले विस्तारै धनुष बाणको बारेमा विद्यालय तह देखि नै जानकारी गराउनुका साथै राष्ट्रिय अन्तराष्ट्रिय प्रतियोगिता गराउन थालेको छ ।

२०औं शताब्दीमा यो लगभग लोप हुन लागेको थियो तर २१ औं शताब्दीमा यस कलामा व्यापक रुपमा चीनले पुनर्जागरण गरेको छ ।

चीनको युनानस्थित स्पोर्ट इन्स्टिच्युट अफ युनान विश्वविद्यालयमा परम्परागत आर्चरी, उसु र कुस्तीका बारेमा पढाइ हुने गरेको छ ।

विश्वविद्यालय, ट्रेडिसनल आर्चरी एसोसिएसन युनान र कुन्मिङ जेन्जी आर्चरी क्लबले नेपाललाई परम्परागत आर्चरी, उसु र कुस्तीमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल उसु महासङ्घ, मार्सल आर्ट अर्गनाइजेसन अफ नेपाल र राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधिसँग चीनको युनानमा भएको भेटमा युनान विश्वविद्यालयका प्रमुख तथा पदाधिकारीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा नेपाल कुस्ती सङ्घका अध्यक्ष प्रकाशकुमार कुसारी, नेपाल उसु महासङ्घका उपाध्यक्ष अभिषेकविक्रम शाह र उपमहासचिव तथा वरिष्ठ प्रशिक्षक राजीव महर्जनलाई ट्रेडिसनल आर्चरी एशोसिएसन युनान शाखाका अध्यक्ष कोङ उइझाङले परम्परागत आर्चरीको इतिहास, वर्तमान र भविष्यका बारेमा जानकारी गराउनु भएको थियो ।

उहाँले निर्माण कारखानाको समेत अवलोकन गराउँदै यस खेलमार्फत नेपालसँग जोडिन चाहेको बताउनु भयो ।

नेपालमा परम्परागत आर्चरी, उसु र कुस्ती खेलको विकासमा सहयोग गर्नेसम्बन्धी दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर पनि भएको छ । समझदारीपत्रमा उसु महासङ्घका तर्फबाट उपाध्यक्ष शाह र ट्रेडिसनल आर्चरी एशोसिएसन युनान शाखाका अध्यक्ष कोङ उइझाङले हस्ताक्षर गर्नुभएको छ ।

एघारबुँदे समझदारीपत्रमा प्रशिक्षकहरुको आदानप्रदान गर्ने, नेपाली खेलाडीहरुलाई प्रशिक्षणका लागि विश्वविद्यालय र एसोसिएसनले अवसर दिने, वर्षमा न्यूनतम एक कार्यक्रम संयुक्त रुपमा गर्ने, नयाँ खेलाडी उत्पादनका लागि आवश्यक सहयोग गर्ने, परम्परागत आर्चरी र उसु तथा कुस्ती खेलको विकासका लागि सांस्कृतिक आदानप्रदान तथा सामाजिक जागरण गर्ने, प्रतियोगिताहरुमा सहभागिता गराउने तथा खेल जागरण अभियान सञ्चालन गर्ने सहमति भएको छ ।

 

यो समझदारीले खेलसँगै सांस्कृतिक पर्यटनमा सहयोग पुग्ने उपाध्यक्ष शाहले बताउनुभयो । छलफलमा राखेप सदस्य कुसारीले चीनले नेपालको खेलसँगै खेल पूर्वाधारको क्षेत्रमा निरन्तर सहयोग पुर्‍याउँदै आएकामा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने अपेक्षा गर्नुभएको सङ्घले जनाएको छ ।

उपाध्यक्ष शाहले विद्यालय तहदेखि नै आर्चरी तथा उसु खेल सिकाउन सकिए एसियाली र दक्षिण एसियाली खेलकुदमा नेपालले राम्रो नतिजा ल्याउन सक्ने बताउनुभएको थियो ।

ट्रेडिसनल आर्चरी एसोसिएसनका अध्यक्ष कोङ, वाङ जोङपिन, वाङ फान समेतले नेपाल असल छिमेकी राष्ट्र भएको स्मरण गर्दै दुईपक्षीय सहयोग आदानप्रदानले जनस्तरमा झनै सम्बन्ध सुदृढ हुने बताउनुभयो ।