२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

मूर्त अमूर्त सम्पदाको उत्कृष्ट संयोजन: ७ वर्षदेखि ६५ वर्षसम्मका १ हजार जना कलाकारको संयुक्त बादन र नृत्य प्रस्तुति

मूर्त अमूर्त सम्पदाको उत्कृष्ट संयोजन: ७ वर्षदेखि ६५ वर्षसम्मका १ हजार जना कलाकारको संयुक्त बादन र नृत्य प्रस्तुति
अ अ+ अ-

काठमाडौँ । काठमाडौँको वसन्तपुरमा धिमे बादन र नृत्यमा १ हजार कलाकारहरुको संयुक्त प्रस्तुति प्रदर्शन भएको छ । विश्व पर्यटन दिवस २०८१ को अवसर पारेर शनिवार आयोजना गरिएको कार्यक्रममा ३५० जना बाद्य कलाकारहरुले माजुदेगको सिँढीबाट बादन प्रस्तुत गर्नुभएको थियो । बादनमा मा धिमे (ठूलो धिमे) र धुन्याबाट कार्यक्रम सुरु भएको थियो ।

यसपछि चिगो (सानो धिमे), घौ, भुस्या, पोङ्गालगायत मौलिक बाजागाजाका बोलमा ६५० जना नृत्य कलाकारले गद्दी बैठक अगाडि र शिवपार्वती डवलीमा नृत्य गर्नुभएको थियो । बादन र नृत्यको सुदनमान मुनिकारले निर्देशन गर्नुभएको थियो ।

मुनिकारका अनुसार यस प्रस्तुतिमा ६ वर्ष उमेरदेखि ६५ वर्ष उमेरसम्मका कलाकार सहभागी हुनुहुन्थ्यो । यसका लागि उपत्यका बाहिर धरानदेखि पनि कलाकार आउनुभएको थियो ।

यससँगै झोछेँ प्रवेश मार्गतर्फ १२५ जना कलाकारले फ्युजन अर्केष्ट्रा प्रस्तुत गर्नुभएको थियो । स्थानीय खलपुच:का बाद्यबादन समूह, नेपाल प्रहरी संगीत विद्यालयको प्रहरी व्याण्ड, नेपाली सेनाको गुर्जु पल्टन, कुटुम्ब व्याण्ड, भ्याइलिन समूहसँगै पहिलो पटक दबदब समूहको अर्केष्ट्रामा बादन प्रस्तुत भएको थियो । बादनमा चर्या नृत्य, मयुर नृत्य, नेवारी नृत्य प्रस्तुत गरिएका थिए ।

काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा काठमाडौँ दरवार स्क्वायर पर्यटन प्रवर्धन संघले कार्यक्रम आयोजना गरेको थियो । विश्व पर्यटन दिवसको अवसरमा कार्यक्रम गर्न असोज ११ र १२ गते कार्यक्रमको तयारी थियो । अविरल वर्षाका कारण त्यस बेला रोकिएको कार्यक्रम हिजो सम्पन्न गरिएको हो ।

सांस्कृतिक क्रियाकलापमार्फत पर्यटन प्रवर्धनको उद्देश्य राखेर आयोजना गरिएको कार्यक्रममा बादन, गायन र नृत्यसँगै हस्तकला तथा नेपाली उत्पादनका सामग्रीको प्रदर्शनी, मौलिक खानाका स्टलहरु राखिएका थिए । यसबेला वसन्तपुर घुम्न आउने पर्यटकलाई वग्गीमा राखेर घुमाइएको थियो । यस्तै औपचारिक कार्यक्रम अवसरमा आइपुगेका पर्यटकलाई अतिथिका रुपमा आसन ग्रहण गराएर नेपाली टोपीले स्वागत गरिएको थियो ।