४ कार्तिक २०८१, आईतवार
,
Latest
रविको आरोप- सरकार भ्रष्ट्राचारको जगमा उभिएर अरुलाई फसाउने षडयन्त्र गरिरहेको छ संरक्षणका लागि पाँच लाख शालग्राम जुटाइँदै अर्थोपेडिक स्पाइन्स के हो, उपचार के छ ? शहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन नयाँ नीतिहरु ल्याउँदैछौँ: उपप्रधानमन्त्री सिंह रवि लामिछानेलाई कास्की अदालतमा उपस्थित गराइयो अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातवारण सिर्जनामा केन्द्रित हुने न्युजिल्यान्डले भारतलाई घरेलु मैदानमा हरायो सरकारले सय दिनमा सम्पन्न गर्‍यो २६ वटा प्रशासकीय भवन, ४० वटा झोलुंगे पुल खसीबोका बेचेर आत्मनिर्भर बन्दै तङ्ग्रामका महिला पोखरामा निषेधित क्षेत्रमा प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्वलनपीडितको नि:शुल्क उपचार प्रयासमा सरकार



अ+ अ-

काठमाडौँ । सरकारले ज्वलनपीडितको नि:शुल्क उपचार प्रयास प्रारम्भ गरेको छ । गत शुक्रबारको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले प्रस्तुत गर्नुभएको त्यससम्बन्धी प्रस्तावलाई सकारात्मक रूपमा लिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार मन्त्री प्रदीप पौडेलद्वारा प्रस्तुत प्रस्तावलाई सरकारले स्वीकार गरेको तथा त्यससम्बन्धी निर्णय चाँडै सार्वजनिक हुने राससलाई बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्रस्तुत प्रस्तावप्रति सरकार सकरात्मक छ । जलन पीडितहरूको नि:शुल्क उपचारको व्यवस्था गर्नेसम्बन्धी प्रावधान शीघ्र सार्वजनिक हुनेछ ।”

स्वास्थ्य मन्त्रालयले कोशी प्रदेशमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश प्रदेशमा नारायणी अस्पताल, बागमती प्रदेशमा कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा ज्वलन उपचारको नि:शुल्क व्यवस्था गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा प्रस्तुत गरेको थियो ।

मुलुकमा वार्षिक ५७ हजार मानिस ज्वलनबाट प्रभावित हुने गरेका स्वास्थ्य मन्त्रालयको अनुमान छ । ज्वलनको उपचार महँगो भएकाले उपचार नपाएर धेरैले ज्यान गुमाउने गरेका छन् ।

देशमा ज्वलनकोमात्र उपचार गर्ने विशिष्टिकृत अस्पताल छैनन् । यद्यपि काठमाडौँ उपत्यका केही ठूला अस्पतालले ‘बर्न युनिट’बाट सेवा प्रवाह गर्दै आएका छन् । कीर्तिपुर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालले आगो तथा एसिडलगायत पदार्थले पोलेका बिरामीको उपचार गर्दै आएका छन् । देशको सबैभन्दा पुरानो वीर अस्पतालले पनि गत भदौदेखि बर्न युनिट सञ्चालन गरेको छ ।