२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्यान्डले भारतलाई घरेलु मैदानमा हरायो



अ+ अ-

एजेन्सी । पहिलो टेस्ट खेलमा न्यूजिल्याण्डले घरेलु टोली भारतलाई ८ विकेटले पराजित गरेको छ । बेंगलुरूमा भारतले दिएको १०७ रनको लक्ष्य २ विकेटको क्षतिमा पूरा गर्दै न्युजिल्यान्डले ८ विकेटको जित निकालेको हो ।

यो जितसँगै न्युजिल्याण्डले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । न्यूजिल्याण्डले पहिलो इनिङ्समा भारतलाई ४६ रनमा अलआउट गरेको थियो । यसपछि रचिन रविन्द्रको १३४ रन र डेभोन कोनवेको ९१ रनको सहयोगमा न्युजिल्यान्डले आफ्नो पहिलो इनिङ्समा ४ सय २ रन बनाएको थियो ।

सर्फराज खानको (१५०) पहिलो टेस्ट शतक र ऋषभ पन्तको ९९ रनको मद्दतमा भारतले दोस्रो इनिङ्समा न्यूजिल्याण्डलाई ४६२ रनको सहज लक्ष्य दिएको थियो ।

न्युजिल्यान्डले सन् १९८८ पछि पहिलो पटक भारतमा टेस्ट जितेको हो । भारत र न्युजिल्यान्डबीचको दोस्रो टेस्ट आउँदो बिहीवारदेखि पुनेमा र तेस्रो तथा अन्तिम टेस्ट नोभेम्बर १ देखि मुम्बईमा शुरू हुनेछ ।