४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु

भाइटिकाको भोलिपल्टबाट निःशुल्क खाना खुवाउने कार्य बन्द हुने

भाइटिकाको भोलिपल्टबाट निःशुल्क खाना खुवाउने कार्य बन्द हुने
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगर क्षेत्र भित्रका विभिन्न सार्वजनिक र भिडभाड हुने स्थलहरूमा हालै भइरहेको निःशुल्क खाना खुवाउने कार्य भाइटिकाको भोलिपल्टबाट बन्द हुने भएको छ । काठमाडौँ महानगरपालिका र निःशुल्क खाना खुवाउने विभिन्न संघसंस्थाका प्रतिनिधिबीच आज छलफल गरी यस्तो सहमति भएको हो । लकडाउनपछि खुलामञ्चमा भोजन सेवा सञ्चालन गरिरहँदा कोभिड–१९ संक्रमण झन बढ्न सक्ने, स्वास्थ्यवद्र्धक वातावरण कायम नहुने र सामाजिक प्रतिष्ठामा समेत आँच आउन सक्ने कुरालाई मध्यनजर गर्दै महानगरपालिका र भोजन सेवा गराउँदै आएका संघ–संथाले खाना खुवाउने वैकल्पिक स्थानको खोजी गर्ने सहमति गरेका हुन् । 

सहमतिअनुसार खुलामञ्चलगायतका स्थानमा खाना खुवाउदै आएका संस्थाले भाइटीकाको दिनसम्म खाना खुवाउने वैकल्पिक स्थानको खोजी गर्नुपर्नेछ । ‘खुल्लामञ्चलगायतका सार्वजनिक खुला स्थानमा खाना खुवाउने कार्य बन्द गरी अन्य बन्द संरचना भित्र खाना खुवाउने प्रवन्ध मिलाउने,’ सहमतिपत्रमा भनिएको छ,’ ‘यसका लागि खाना खुवाउँदै आउनु भएका संघ–संस्था वा अभियन्ताहरुले २०७७ को भाइटिकाको दिनसम्म बैकल्पिक व्यवस्था गरी काठमाडौँ महानगरपालिका तथा सम्वद्ध वडाको समन्वयमा आवश्यक व्यवस्था मिलाउने ।’ 

सहमतिमै भाइटिकाको भोलिपल्टबाट खुलामञ्चको भोजन सेवा पूर्णरुपमा बन्द गर्ने र खुला मञ्चको सट्टा बैकल्पिक स्थान आवश्यक परे त्यस्ता बन्द स्थल पहिचान गरी त्यस क्षेत्रमा काठमाडौँ महानगरपालिकाको सहयोग एवं समन्वयमा गर्ने उल्लेख छ  । ‘भोजन सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउँदा सम्वद्ध संघ–संस्थाले तथा अभियन्ताहरुले कामपाको समन्वयमा सल्लाह गरी क्षेत्रगत रुपमा स्थान खोजी गरी सेवा सुचारु गर्ने,’ सहमतिमा भनिएको छ,’ ‘जसले गर्दा भिडभाड कम भै कोभिड–१९ को संक्रमण बढ्न नपाओस् ।’ 

सम्झौतापत्रमा  हाम्रो टिम नेपाल, मानवी क्रियटिभ एशोसियशन, लायन्स क्लव अफ काठमाडौँ न्यु ग्रिन सिटी, हाम्रो सानो प्रयास, हाम्रो सानो टिम नेपाल, गसिव क्वीन नेपाल, १०० ग्रुपलगयतका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।   

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पनि काठमाडौँ महानगरपालिका मानवीय सेवाका निरन्तर लागेको स्मरण गराउनु भएको छ । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुने मानव सेवा आश्रम भवनको प्रारम्भिक चरणको छलफलमा सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ‘खान नपाउने, बेरोजगार, अशक्त र असहायको सेवामा कोही छैन भन्नेका लागि स्थानीय सरकार छ भन्ने सन्देश दिन पनि हामी मानवीय सेवाका काममा लागिरहेका छौँ,’ शाक्यले भन्नुभयो, ‘खुलामञ्चमा भोजन सेवा गराउने संघ–संस्थाप्रति हाम्रो कुनै वैरभाव छैन । हामीले खानबाट बञ्चित भएकालाई लखेट्न खोजेका होइनौँ । व्यवस्थित गर्न खोजेका हौँ । हामी व्यवस्थापन गर्छौ ।’ 

उहाँले राजनीतिक आग्रह–पुर्वाग्रहका हिसावले भन्दा भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने नीतिलाई सबैको नीति बनाएर अघि बढौँ भन्ने महानगरपालिकाको धारणा रहेको बताउनुभयो ।  

शाक्यले सम्वन्धित संस्थाका प्रतिनिधिसँग खाना खानेहरुको व्यवस्थापनका लागि चरण–चरणको छलफल भएको पनि स्मरण गराउनुभयो ।  ‘काठमाडौँ महानगरपालिकाले लकडाउन अवधिमा मात्रै १ लाख ५० हजार भन्दा बढी परिवारलाई राहत वितरण र २ लाख ५० हजार बढीलाई खाना खुवाउने कार्य गरेको थियो,’ उहाँले भन्नुभयो, ‘लामो समयको लकडाउनपछि पनि कोरोनाको महामारीबाट मुक्त हुन नसकेको  अवस्थालाई ध्यानमा राख्दै काठमाडौँ महानगरपालिका क्षेत्र भित्र बसोबास गरिरहेका काम गर्न सक्ने तथा कोभिडका कारण बेरोजगार भएकाहरुलाई उनीहरुको सामथ्र्य र सिपको आधारमा रोजगारी दिई काठमाडौँ महानगरपालिकाले जीवन निर्वाहका लागि पारिश्रमिक दिने कार्यको थालनी गरेको पनि जानकारी गराउन चाहन्छु ।’