१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, भुर्तेलको विस्फोटक ब्याटिङ



अ+ अ-

काठमाडौं । दोस्रो टी–२० मा नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ ।

अमेरिकाको टेक्ससस्थित डलासको ग्रान्ड पिएरी क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १ सय ७० रन बनाएको हो ।

कुशल भुर्तेलको अर्धशतकमा नेपालले छ विकेटको क्षतिमा १७० रन बनाएको हो । कुशलले ९२ रन जोडे । उनले ५४ बलमा सात चौका र छ छक्का प्रहार गरे ।

नेपालका ओपनर अनिल साहले ३१ बलमा २५ रन जोड्दा अर्का ओपनर आसिफ शेख एक रनमै आउट भएका थिए ।

गुल्सन झाले १२ बलमा १९ रन बनाए। कप्तान रोहित पौडेल १४ बलमा १८ रन जोडेर आउट भए । दिपेन्द्रसिंह ऐरी दुई रन र आरिफ शेख एक रनमै पेभिलियन फर्के । करण केसीले एक बल खेल्दा छक्का प्रहार गरेका थिए ।

बलिङमा अमेरिकाका जस्दीप सिंह र केन्जिगेले दुई दुई विकेट लिए ।

सिरिजको पहिलो खेलमा नेपालले जित निकालेको थियो । अब दुई टोलीबीच भोलि तेस्रो खेल हुनेछ ।