२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, भुर्तेलको विस्फोटक ब्याटिङ



अ+ अ-

काठमाडौं । दोस्रो टी–२० मा नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ ।

अमेरिकाको टेक्ससस्थित डलासको ग्रान्ड पिएरी क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १ सय ७० रन बनाएको हो ।

कुशल भुर्तेलको अर्धशतकमा नेपालले छ विकेटको क्षतिमा १७० रन बनाएको हो । कुशलले ९२ रन जोडे । उनले ५४ बलमा सात चौका र छ छक्का प्रहार गरे ।

नेपालका ओपनर अनिल साहले ३१ बलमा २५ रन जोड्दा अर्का ओपनर आसिफ शेख एक रनमै आउट भएका थिए ।

गुल्सन झाले १२ बलमा १९ रन बनाए। कप्तान रोहित पौडेल १४ बलमा १८ रन जोडेर आउट भए । दिपेन्द्रसिंह ऐरी दुई रन र आरिफ शेख एक रनमै पेभिलियन फर्के । करण केसीले एक बल खेल्दा छक्का प्रहार गरेका थिए ।

बलिङमा अमेरिकाका जस्दीप सिंह र केन्जिगेले दुई दुई विकेट लिए ।

सिरिजको पहिलो खेलमा नेपालले जित निकालेको थियो । अब दुई टोलीबीच भोलि तेस्रो खेल हुनेछ ।