११ भाद्र २०८३, बिहीबार
,
Latest
त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लामिछानेलाई पक्राउको बिरोधमा पोखरामा रास्वपाका नेता कार्यकर्ताको नाराबाजी-फोटोफिचर



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेकोमा रास्वपाका नेता/कार्यकर्ताहरुले बिरोध जनाएका छन् ।

शनिवार बिहानैदेखि पोखरामा भेला भइ रास्वपाका नेता÷कार्यकर्ताहरुले बिरोध जनाएका हुन् । उनीहरुले बिना कारण सभापति लामिछानेलाई पक्राउ गरिएको आरोप लगाए ।

उनीहरले सहकारी पीडितलाई न्याय दे, मानव तस्करहरुलाई कारबाही गर, दालल माफियाहरु होशियार लगायतका प्लेकार्ड र नारा लगाइ बिरोध जनाएका हुन् ।

रास्वपा सभापति लामिछानेलाई सहकारी प्रकरणमा रकम हिनामिना गरेको आरोपमा अदालतको अनुमतिपछि प्रहरीले शुक्रवार साँझ पार्टी केन्द्रिय कार्यालयबाट पक्राउ गरी पोखरा पठाएको थियो ।

सभापति लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान हुनेछ ।

लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रवन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।