२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar ‘नयाँ बसपार्कको यथार्थ–उत्साह, अनिश्चितता र डिजिटल युगमा ‘नगद मात्र’ को सास्ती’ News Polar २ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक News Polar कांग्रेसको १५औँ महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो News Polar राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु News Polar भोटेकोशीमा ज्यान गुमाएकाको मुक्तिको कामनासहित पाठपारायण News Polar सिनालोआको जेलमा दङ्गा, १० जनाको मृत्यु News Polar मध्यावधि चुनावअघि इरानमा आक्रमण नगर्ने ट्रम्पको घोषणा News Polar अझै बेचैन छन्–बाढीले खोसेका राष्ट्रसेवकका परिवार News Polar उखु किसानलाई डेढ अर्ब रुपैयाँभन्दा बढी अनुदान वितरण गरिने News Polar पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो News Polar चाडपर्व लक्षित सुरक्षा कडा, पोखराका नाकामा तालिमप्राप्त कुकुरसहित जाँच News Polar कांग्रेस सभापतिका उम्मेदवार गगन थापाद्वारा मतदातासँग मत माग्दै, स्वेच्छाले मतदान गर्न आग्रह News Polar पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते News Polar शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म News Polar कांग्रेसको १५ औँ महाधिवेशन: ३ बजेसम्म मतदान, आजै मतगणता थाल्ने News Polar ‘लमजुङ दरबार’सँगै बाँचेको माया News Polar डोको बुन्दै, सीप सिकाउँदै News Polar तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर News Polar कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने

कक्षा १२ परीक्षाः कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका करिब २५ जिल्लाका लागि प्रश्नपत्र छपाइ शुरु

कक्षा १२ परीक्षाः कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका करिब २५ जिल्लाका लागि प्रश्नपत्र छपाइ शुरु
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले पूर्णरुपमा इन्टरनेट सेवा चालू नभएका जिल्लाका लागि प्रश्नपत्र छपाइ शुरु गरेको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मासहितको टोलीले शुक्रबारबाट प्रश्नपत्र छपाइ शुरु गरेको हो । बोर्डले कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका करिब २५ जिल्लाका लागि प्रश्नपत्र छपाइ शुरु गरेको हो । इन्टरनेटको समस्या भएका जिल्लाका लागि छुट्टै प्रश्नपत्र छपाइ गरेको बोर्डले जनाएको छ । तिहार अघिसम्म छपाइ सक्ने योजनासहित परीक्षा नियन्त्रक शर्माको टोली जनक शिक्षामा प्रवेश गरेको हो । बोर्डले यो वर्ष साढे १ घण्टाका लागि तय गरेको परीक्षाको प्रश्नपत्र फरकफरक सेटको हुनेछ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले मूल विषयका करिब ६ सेट प्रश्न तयार गरिएको जानकारी दिए।

बोर्डले पूर्व, पश्चिम, हिमाली र उपत्यकालगायत जिल्लाका लागि छुट्टै प्रश्नपत्र तयार गरेको जनाएको छ । मंसिर ९ देखि १६ गतेसम्मका लागि तय गरेको परीक्षामा ४ हजार १ सय ५ विद्यालयमा परीक्षा हुनेछ । बोर्डले ती केन्द्रमा परीक्षा सञ्चालन हुनु आधा घण्टा अघि मात्र इमेलमार्फत प्रश्नपत्र पठाउनेछ । सबै केन्द्रमा कोड नम्बरको व्यवस्था गरेकाले परीक्षा हुनु आधा घण्टाअघि कोड नम्बर प्राप्त भएपछि मात्रै प्रश्नपत्र हेर्न सकिनेछ । इमेलमा आएको प्रश्नपत्र फोटोकपी गरेर विद्यार्थीलाई दिने व्यवस्था गरिएको छ । फोटोकपी गर्न असम्भव भए प्रश्नहरु बोर्डमा लेख्ने सकिनेसमेत व्यवस्था छ । बोर्डले सबै प्रदेश कार्यालयमा उत्तरपुस्तिका पठाइसकेको जनाएको छ । परीक्षा केन्द्रमा पठाउने काम प्रदेश कार्यालयले गर्न बाँकी छ । तिहारलगत्तै सबै उत्तरपुस्तिका केन्द्रमा पुग्ने गरी तयारी भइरहेको छ ।कोभिड–१९ को विशेष परिस्थितिमा विद्यार्थीहरु जहाँ छन् त्यही स्थानबाट परीक्षा दिने व्यवस्था गरिएको छ । त्यसका लागि विद्यालयले आफ्ना विद्यार्थीको प्रवेशपत्र उपलब्ध  गराउनुपर्नेछ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले केन्द्रमा भीडभाड नहुने गरी व्यवस्था गर्न निर्देशन दिएका छन् । बोर्डले तीनै सुरक्षा निकायका अधिकारीसँग छलफल गरिसकेको छ । मन्त्रालयले परीक्षालाई व्यवस्थितरुपमा सञ्चालन गर्न सहयोगका लागि संघीय मामिला मन्त्रालयमार्फत सबै स्थानीय निकाय, जिल्ला शिक्षा तथा समन्वय इकाइलाई पत्राचार गरिसकेको छ । बोर्डले परीक्षामा सहभागी सबै विद्यार्थीले अनिवार्यरुपमा मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्ने, सबै केन्द्रमा अनिवार्यरुपमा हेल्थडेक्स राखिनुपर्ने, केन्द्रमा प्रवेश गर्नुअघि अनिवार्यरुपमा थर्मल गनले तापक्रम परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ । बोर्डका अध्यक्ष प्राडा पौडेलले हरेक केन्द्रमा स्थानीय तहको समन्वयमा हेल्थडेक्ससहित स्वास्थ्य सामग्री राख्नुपर्ने बताउनभुयो । कोभिडका कारण योे वर्ष परीक्षा ४० प्रतिशतको प्रश्न सोधिनेछ । विद्यालयका विषय शिक्षकले कपी परीक्षण गरी उत्तरपुस्तिकासहित बोर्डमा पु¥याउने व्यवस्था गरिएको छ । परीक्षामा करिब ४ लाख २६ हजार विद्यार्थी सहभागी हुनेछन् । नेपाल समाचारपत्र दैनिक