२ कार्तिक २०८१, शुक्रबार
,
Latest
पर्यटकीय स्थलबाट एक करोड बढी आम्दानी पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह महिला साफ च्याम्पियनसिप फुटबलः श्रीलङ्काले माल्दिभ्सलाई हरायो प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी महिला स्वास्थ्य स्वयंसेविकाले कार्तिक १५ देखि सार्वजनिक यातायात चढेको पैसा तिर्न नपर्ने सन्दीपले पाए अमेरिकाको भिसा, आजै उड्ने सेवा रेमिटको अनुमतिपत्र खारेज देशभर बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै हमास प्रमुखको मृत्यु भएको इजरायली प्रधानमन्त्री नेतन्याहूद्वारा जानकारी चितवनमा रगतको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा रगतको अभाव



अ+ अ-

चितवन । जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण रक्तदान कार्यक्रम कम हुँदा रगतको अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटीले रगत अभाव भएकाले रक्तदान गर्न दाताहरूलाई आग्रह गरेको छ ।

यहाँ दैनिक दुई सय युनिट रगतको माग हुने गरेको भए पनि अहिले रगत पर्याप्त मात्रामा उपलब्ध हुन नसकेको सोसाइटीको चिवन शाखाका सभापति हरिप्रसाद पौडेलले बताउनुभयो ।

चितवनमा रगत अभाव हुन नदिन कास्की, नवलपरासी, मकवानपुर, बारा, पर्सा, रौतहट सर्लाहीलगायत जिल्लाबाट रगत ल्याउने गरिएको भए पनि ती जिल्लामा समेत रगतको अभाव भएको उहाँले बताउनुभयो । रगत अभावका कारण नियमित शल्यक्रियामा समेत समस्या हुने गरेको छ ।