२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले अमेरिकालाई हरायो



अ+ अ-

काठमाडौँ । अमेरिकाविरुद्धको पहिलो टि–२० खेलमा नेपालले जित निकालेको छ । अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको हो ।

नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रनमात्रै बनाउन सक्यो ।

उसका लागि शयान जहांगिरले ६० रनको अर्धशतकीय पारी खेलेपनि टोलीको हार टार्न सकेनन् । यस्तै, एन्ड्रिस गोउसले ३०, जसदीप सिंहले १६, मिलिन्द कुमारले २२ रन जोडे ।

बलिङतर्फ नेपालका दिपेन्द्रसिंह ऐरीले ३, रिजन ढकाल, गुलशन झा र करण केसीले एक-एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ६४ रनको योगफल बनायो ।

कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ३३ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ४९ रन बनाएका हुन् । दीपेन्द्रसिंह ऐरीले १७ बलमा दुई चौका र एक छक्कासहित २८ रन र आसिफ शेख र अनिल साहले समान २७–२७ रन बनाए । गुल्सन झाले ११ तथा कुशल भुर्तेलले १० रन जोडे ।

अमेरिकाका हरम्रीत सिंह, सौरभ नेत्रवालकर र जसदीप सिंहले समान दुई विकेट लिएभने अली खान र नोस्थुश केङ्जिगेले पनि एक–एक विकेट लिए ।