२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनमा तीन पालिकाको उपप्रमुखमा महिलालाई नै उम्मेदवार बनाउनुपर्ने



अ+ अ-

काठमाडौं । १६ मंसिरमा हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा तीन पालिकाको उपप्रमुखमा महिलालाई नै उम्मेदवार बनाउनुपर्ने भएको छ ।

निर्वाचन आयोगको बुधबार बसेको बैठकले नलगाढ नगरपालिका, गौरीशंकर र स्वामीकार्तिक खापर गाउँपालिकाको उपप्रमुखमा महिला नै उम्मेदवार उठाउन दलहरुलाई निर्देशन दिने निर्णय गरेको हो ।

बैठकले पुरुष प्रमुख वा उपप्रमुख भएको पालिकामा महिला उम्मेदवार उठाउन निर्देशन गरेको हो । कीर्तिपुर नगरपालिका काठमाडौं, ग्रामनाथ गाउँपालिका मोरङ, महाबु गाउँपालिका, दैलेखको प्रमुख पदमा उपचुनाव हुनेछ । तीनै पालिकामा उपप्रमुख महिला छन् । त्यसैले तीन वटै पालिकामा दलहरुले महिला वा पुरुष उम्मेदवार बनाउन सक्छन् ।

नलगाड नगरपालिका, जाजरकोट, गौरीशंकर गाउँपालिका, दोलखा र स्वामीकार्तिक खापर गाउँपालिका, बाजुरामा हाल प्रमुख पुरुष छन् । निर्वाचन आयोगको पछिल्लो निर्णयअनुसार तीन वटै पालिकाको उपप्रमुखमा दलहरुले महिला उम्मेदवार उठाउनुपर्ने छ ।

संविधान र कानुनको सकारात्मक व्याख्या गरी महिलाको उम्मेदवारी सुनिश्चित गर्न यो निर्णय गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।