४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु

लेलेका महिलालाई तिहार खर्च धान्नै मुस्किल

लेलेका महिलालाई तिहार खर्च धान्नै मुस्किल
अ+ अ-

ललितपुर । लेलेका महिलालाई यसवर्ष तिहार खर्च धान्नै मुस्किल परेको छ । लेले डिगाउँकी सरस्वती सिलवालको घरआँगनमा यस वर्ष केही बोटमात्र सयपत्री फुलेका देखिन्छन् । विगतका वर्ष खेतबारीमा सयपत्री रोपेर व्यापार गर्ने सरस्वतीले यस वर्ष भने त्यो मिहिनेत ठ्याक्कै मार्नुभएको छ । पहिला पहिलाका तिहारमा खुब हर्षले विभिन्न प्रकारका फूलहरु उत्पादन गर्ने, माला बनाएर बजार बिक्रीवितरणका लागि लाने गरेको सरस्वतीको भनाइ छ । “यो वर्ष कोरोना महामारीको त्रासले कसरी फूलमाला व्यापार गर्ने भन्ने चिन्तासँगै केही रोप्न मन लागेन ।” 

सरस्वतीले विगतको तिहारमा एक झुप्पामा पाँचवटा माला बनाएर सानो मालाको रु २५० र ठूलोको रु ४५० माथि बेच्ने गरेको सुनाउनुभयो । गत वर्ष सयपत्रीको मालाबाट रु २५ हजार कमाएर भाइमसलालगायत आवश्यक सरदम जुटाएको हुँदा यस तिहारमा कसरी खर्च गर्ने भन्ने सरस्वतीमा चिन्ता बढेको छ । यसैगरी लेले काभ्रेकी मसिनी पौडेल पनि यस वर्ष तरकारीलगायत फलफूल र सयपत्री फूल उत्पादनमा पछि हट्नुभएको देखिन्छ । विगत वर्ष लेले भञ्ज्याङ हुँदै डोकाका डोका फूलमाला, तरकारी र अनि फलफूल लगेर बिक्रीवितरण गर्ने मसिनीको खेतबारीमा यस वर्ष आएको कोभिडका कारण बाँझोमात्र देख्न सकिन्छ । महामारी बढ्दो छ । कहाँ लगेर बेच्ने भन्ने त्रासका कारण आफ्नो घर सजाउन र कहिलेकाँही खान बाहेकका सामग्री उत्पादनमा ध्यान दिइएन । 

तरकारी र सयपत्री फूल उत्पादन गर्न त्यसै सजिलो छैन । समयसमयमा गोडमेल, पानी आदि गर्नुपर्छ । कोरोना बढेको समयमा घरबाट बाहिर टोलमा निस्किनसमेत डर रहँदा तिहार मान्न मुस्किल हुने भएको मसिनीको उत्तर छ । “गत वर्ष सानासाना फूलका गुच्छा बनाएर रु १० हजार फूलबाट मात्र कमाएको थिए । यस वर्ष न बारीमा फूल लगाइयो न दैनिक खान तरकारी नै उत्पादन भयो”, उहाँले थप्नुभयो । 

त्यसैगरी लेलेकी सावित्री पौडेलको बारीमा पनि यस तिहारमा बजार लान केही वस्तु रोपिएका छैनन् । कोरोना आयो । बेच्न जान पाइँदैन भनेर आफूले यस वर्ष केही लगाउन पनि मिहिनेत नगरेको सावित्रीको भनाइ छ । अघिल्लो वर्ष सयपत्री माला बेचेर मात्रै तिहारमा रु २५ हजार कमाएको सावित्रीले बताउनुभयो । “यसअघिको तिहारमा माला बेचेर आवश्यक सरसामनलगायत देउसी र भैलो खेल्न आउने समेतलाई पैसा दिन अरूसँग हात थाप्नु परेको थिएन । यो वर्ष न कुनै काम भयो न तिहारको उत्साह नै छाएको छ ।”

ललितपुरको लेले सयपत्री फूललगायत विभिन्न प्रकारका तरकारी र फलफूल उत्पादनका लागि प्रसिद्ध शहर थियो । यो क्षेत्रका जनताले यस वर्ष केही मात्रामा घरायसी प्रयोजनका लागि मात्र यी वस्तु उत्पादन गरेको बताए । भौगोलिक हिसाबले डाँडाकाँडा अनि फाँटले भरिएको लेले शहरस्थित काभ्रेका केही फाँटमा मात्रै यस वर्षको तिहारलाई सयपत्री फूल रोपिएका छन् भने अन्य स्थानमा खासै फूल उत्पादन गरिएको देखिएन । विगतका वर्ष तिहारमा लेलेबाट गाडीका गाडी सयपत्रीको फूलमालालगायत फलफूल अनि तरकारी बजार जान्थे । यो वर्ष १० प्रतिशत लेलेको फाँटमा सयपत्री फूल अनि तरकारीसमेत देख्न मुस्किल भएको स्थानीयवासी राजेन्द्र पौडेलको भनाइ छ । 

गत वर्ष तिहारमा फूलमाला व्यापार गरेर लेलेवासीले लगभग रु ३० देखि ४० लाख भित्र्याएका वडाध्यक्ष मिलन सिलवालले बताउनुभयो । यस वर्ष व्यापार गर्ने माहोल नरहँदा धेरै दाजुभाइ तथा दिदीबहिनीले फूल उत्पादनमा जोड दिनुभएन । केही किसानको बारीमा यस तिहारलाई लक्षित गरेर व्यावसायिक रुपमा रोपिएका सयपत्रीसमेत कसरी व्यापार गराउने भन्ने आफूलाई चिन्ता भइरहेको सिलवालको भनाइ छ ।

गोदावरी नगरपालिका–५ र ६ लेले क्षेत्र पर्छ । यो ललितपुर क्षेत्रको सयपत्री फूल उत्पादन हुने मुख्य थलो मानिन्थ्यो । गत वर्षमा लेलेको सयपत्री फूलले चापागाउँ, लगनखेल, जावलाखेल, असनइन्द्रचोक, विशालबजार, दरबारमार्ग, पशुपति अनि गौशाला र चाबहिल क्षेत्रमा खुब भरिभराउ हुन्थे । यो तिहारमा लेल मात्रै होइन । बडिखेल, गोदावरी, चापागाउँ, झरुवारासी, गोदामचौर र विशङ्खुलगायत क्षेत्रमा कम सयपत्री फूल उत्पादन गरिएको देखिन्छ । 

तिहार हिन्दू धर्मावलम्बीहरुको दशैँपछिको ठूलो पर्व हो । यस पर्वमा फूल र फलफूलको ठूलो महत्व रहन्छ । तिहारमा घरघरलगायत कार्यालय, चोक, बजार अनि धार्मिक क्षेत्र दीपावली गरेसँगै फूलमालाले सजाउने पनि गरिन्छ । यस वर्ष कोभिड महामारीका कारण हरेक मानिसले आ–आफ्ना घरबाहेक अन्य स्थानमा आर्थिकका साथै अन्य विभिन्न समस्याका कारण विगत वर्षझै मनाउन सम्भव नरहेको देखिन्छ ।