३ पुष २०८२, बिहीबार
,
Latest
शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीपी राजमार्ग आजदेखि राति १० घण्टा बन्द हुने



Photo : File
अ+ अ-

काभ्रे। गत असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी पहिरो कारण क्षति भएको वीपी राजमार्ग आजदेखि राति १० घण्टा बन्द हुने भएको छ ।

डिभिजन सडक कार्यालय भक्तपुरले सूचना जारी गर्दैधुलिखेल-भकुण्डेवेसी-वर्षेखोला सडकखण्ड आजदेखि
बेलुका ६ बजेदेखि विहान ४ बजेसम्म सडक बन्द हुने जानकारी दिएको हो ।

बाढीपहिरो र डुबानले क्षति पुर्‍याएको भकुण्डेबेँसी वर्षेखोला खण्ड (काभ्रे) को करिब ८ किलोमिटर सडक नयाँ ट्रयाक खोली यात्रुवाहक सवारी साधन सुचारु गरिएको थियो । तर, नयाँ ट्र्याकको मर्मत तथा सुधार कार्य भइरहेको र जुनसुकै समयमा पनि सुख्खा पहिरो झर्ने सम्भावना रहेकोले बेलुका ६ बजेदेखि बिहानको ४ बजेसम्म उक्त खण्ड बन्द गरिएको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए।