३० आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैंसेपाटीकी इन्स्पेक्टर शाहीलाई पक्राउ गर्न अदालतबाट अनुमति लिने



इन्स्पेक्टर बिनुकुमारी शाही
अ+ अ-

काठमाडौं । प्रहरी प्रभाग, भैंसेपाटीकी प्रमुख इन्स्पेक्टर बिनुकुमारी शाहीलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिने भएको छ ।

बलात्कार सम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि थप छानबिनका लागि शाहीलाई १० असोजमा जिम्मेवारीबाट मुक्त गरिएको थियो ।

घटनाबारे जिल्ला प्रहरी परिसर, ललितपुरले छानबिन थालेको थियो । छानबिनका क्रममा ‘केही कैफियत’ देखिएपछि शाहीलाई हिरासतमा राखेर थप अनुसन्धान गर्ने निर्णयमा पुगेपछि अदालतबाट पक्राउ गर्न अनुमति लिन लागिएको ललितपुर प्रहरीका एक अधिकारीले बताए ।

इन्स्पेक्टर शाहीले एक व्यवसायीलाई नियन्त्रणमा लिएर ३० लाख रुपैयाँ लेनदेन गरेको आरोप छ । सो रकम आफन्तको नाममा रहेको खातामा हाल्न लगाएको उनीमाथि आरोप छ ।