• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ? ★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति

नेकपा अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच छलफल



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एबं प्रधानमन्त्री केपी ओलीले पार्टीका बरिष्ठ नेता माधबकुमार नेपालसंग छलफल गरिरहनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भै रहेको छलफलमा नेता नेपालका साथमा नेताहरु भीम रावल ,सुरेन्द्र पाण्डे रघुजी पन्त पनि सहभागी हुनुहुन्छ । 

शनिबार मात्र सचिवालयका पाच सदस्यले ४८ घण्टा भित्र सचिवालयको बैठक बोलाउन लिखित आग्रह गरेको अबस्थामा अध्यक्ष ओलीले बरिष्ठ नेता नेपाल संग छलफल गर्नुभएको हो ।  बिहान प्रधानमन्त्री ओलीले नेता नेपाललाई फोन गरेर बोलाएपछि नेता नेपाल केही नेताहरुको साथमा बालुवाटार पुग्नु भएको हो ।  

शनिबारको बैठकमा पनि नेता नेपाल  प्रधानमन्त्रीको कार्यशैली  माथी प्रश्न उठाउनु भएको थियो । शनिबारको छलफलमा पुष्पकमल दाहालले बोल्दा कडा प्रतिबाद गर्नुभएका अध्यक्ष ओलीले नेपालले प्रश्न उठाउदा भने खासै जवाफ दिनु भएको थिएन ।