९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कात्तिक महिनाका लागि पनि वाणिज्य बैंकहरूले घटाए ब्याजदर



अ+ अ-

काठमाडौं । कात्तिक महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले अघिल्लो महिनाको तुलनामा कात्तिकमा औसतमा ०.२५ प्रतिशतले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।

कात्तिकमा २० वाणिज्य बैंकमध्ये १० बैंकले ब्याजदर घटाएका छन् । ९ बैंकले स्थिर राखेका छन् भने सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । सानिमाले कात्तिकका लागि ०.२५ प्रतिशतले ब्याजदर बढाएको छ । यससँगै यसको मुद्दती निक्षेपको ब्याजदर ५.९ प्रतिशतबाट ६.१५ पुगेको छ ।

सबैभन्दा बढी हिमालयन बैंकले ब्याजदर घटाएको छ । कात्तिकमा हिमालयनले ०.७५ प्रतिशतले ब्याजदर घटाउदै ६.२५ प्रतिशत दिने भएको छ । असोजमा ७ प्रतिशत थियो ।

कार्तिकमा एनएमबी, एसबीआई, प्रभु, माछापुच्छ्रे, नेपाल इन्भेस्टमेन्ट मेगा, ग्लोबल आईएमई, कुमारी, एभरेस्ट र नेपाल बैँकले ब्याजदर स्थिर राखेका छन् ।

असोजमा अधिकतम व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ६.३९ प्रतिशत रहेकोमा कात्तिकमा ६.१८ प्रतिशतमा झरेको छ ।