• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

मानव बेचबिखन गर्ने फरार अभियुक्त पक्राउ



काठमाडौं । २३ वर्षीया महिलालाई बेचबिखन गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका(९ लामाटार बस्ने काठमाडौं महानगरपालिका(७ घर भएका ५५ वर्षीय गौतम लामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई विदेशमा आकर्षक रोजगारी दिलाई दिने वहानामा १० वर्षसम्म यौन शोषण गरी विभिन्न प्रलोभनमा पारी भारतको दिल्ली हुँदै लेबनानसम्म पुर्‍याई बेचबिखन गरी फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।