५ मंसिर २०८१, बुधबार
,
Latest
जागरणसभामा एक लाख नागरिक उपस्थित हुने एमालेको अपेक्षा माओवादी नेतृत्वमा ऐतिहासिक कामहरू भएका छन्ः अध्यक्ष दाहाल काँग्रेसलक्षित प्रदीप ज्ञवालीको टिप्पणीः बीआरआई सम्झौतालाई गिजोल्ने काम नगरौँ वायुसेवा कम्पनीहरूलाई पर्यटन मन्त्रीको निर्देशनः चौबिस घण्टाभित्र भाडादर बुझाउनु हवाई इन्धन डिपो स्थानान्तरणको डिपिआर बनाउन निगम र पुल्चोक क्याम्पसबीच सम्झौता शान्ति सम्झौताका १८ वर्ष – दमननाथ र पद्मरत्नलाई सम्झँदा कम्युनिष्ट आन्दोलनको गम्भिर समिक्षा गर्ने बेला आएको छः प्रकाण्ड अन्तर वडा टेबलटेनिसको मुख्य प्रायोजकमा खड्गी विश्व च्याम्पियनसिपका लागि ढुक्क भएर तयारी थाल्नुस्–सदस्य सचिव घिसिङ वैकल्पिक राजमार्ग निर्माण गर्न आवश्यकः भौतिकमन्त्री दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ



अ+ अ-

एजेन्सी । हालै सलमान खानको शो ‘बिग बोस’ मा कथाकार अनिरुद्धाचार्य महाराज अतिथिको रुपमा आएका थिए । तर, उनको शोबाट बाहिरिने विषयमा निकै विवाद भएको थियो ।

यस रियालिटी शोमा अनिरुद्धाचार्यको सहभागिता धेरैलाई मन परेन, त्यसपछि उनी सामाजिक सञ्जालमा निकै ट्रोल भएका थिए ।

यसैबीच नयाँ हल्ला सुरु भएको छ । वास्तवमा, हालै सामाजिक सञ्जालमा एउटा तस्विर भाइरल भएको छ जसमा कथाकारले होस्ट सलमान खानको खुट्टा छुँदै गरेको देखिन्छ ।

यो नक्कली तस्बिर इन्टरनेटमा भाइरल भएपछि अनिरुद्धाचार्यका भक्तहरु आक्रोशित भएका छन् । अर्कोतर्फ प्रहरीले यो नक्कली तस्बिर अपलोड गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।

अनिरुद्धाचार्य आफैंले आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमा यसबारे जानकारी दिएका छन् । उनले नक्कली तस्बिर अपलोड गर्ने अभियुक्तको तस्विर पनि सेयर गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार आरोपीको नाम मोहम्मद आसिफ अली रहेको छ जो चिल्हारी गाउँका बासिन्दा हुन् । अनिरुद्धाचार्यको छविलाई कलंकित पार्ने र समाजमा घृणा फैलाउने उद्देश्यले आरिफले यो तस्बिरसँग छेडछाड गरेका हुन् ।