२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हुम्लाकाे सिमकोट बजारमा म्याद गुज्रिएका खाद्यवस्तु फेला News Polar भोटेकोशी बाढी प्रभावितलाई तीन संस्थाद्वारा ३५ लाख सहयोग News Polar भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद News Polar काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो News Polar दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जा पखाइमा News Polar आज विश्व अण्डा दिवसः नेपालमा ‘जुम्बा डान्स’ र ‘एक वाक’कार्यक्रम News Polar पोखरा बस दुर्घटनाका घाइतेमध्ये एक जनाको आईसीयूमा उपचार News Polar कोरलानाकाबाट ५४३ टन फलफूल आयात News Polar युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar ‘नयाँ बसपार्कको यथार्थ–उत्साह, अनिश्चितता र डिजिटल युगमा ‘नगद मात्र’ को सास्ती’ News Polar २ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक News Polar कांग्रेसको १५औँ महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो News Polar राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु News Polar भोटेकोशीमा ज्यान गुमाएकाको मुक्तिको कामनासहित पाठपारायण News Polar सिनालोआको जेलमा दङ्गा, १० जनाको मृत्यु News Polar मध्यावधि चुनावअघि इरानमा आक्रमण नगर्ने ट्रम्पको घोषणा News Polar अझै बेचैन छन्–बाढीले खोसेका राष्ट्रसेवकका परिवार News Polar उखु किसानलाई डेढ अर्ब रुपैयाँभन्दा बढी अनुदान वितरण गरिने News Polar पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

कोरोनाका कारण मलेसियामा नेपाली नयाँ श्रमिक लैजाने योजना अनिश्चित !

कोरोनाका कारण मलेसियामा नेपाली नयाँ श्रमिक लैजाने योजना अनिश्चित !
अ अ+ अ-

काठमाडौँ । नेपालीको श्रम गन्तव्य मलेसियामा कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि नयाँ श्रमिक लैजाने योजना अनिश्चित बनेको छ । कोभिड–१९ महामारी नियन्त्रणमा आएको भन्दै मलेसियामा जनवरीदेखि नयाँ श्रमिक लैजाने योजना बनाइएको थियो । ‘नयाँ श्रमिक ल्याउन मागपत्र प्रमाणीकरण गर्ने सोचमा थियौं । यहाँ फेरि संक्रमण फैलिन थाल्यो । अब नयाँ श्रमिक ल्याउने अवस्था छैन । सम्भवतः भ्याक्सिन नआएसम्म नयाँ श्रमिक आउन सक्दैनन्,’ मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने । मलेसियाले जुन पहिलो सातादेखि सेप्टेम्बर पहिलो सातासम्म कोभिडलाई नियन्त्रणमा राखेको थियो । त्यसपछि भने दिनहुँ संक्रमण बढिरहेको छ । शनिबार १ हजार १ सय ६८ जनालाई संक्रमण देखिएको थियो । नयाँ श्रमिक ल्याउने अवस्था नभएपछि रोजगारदाता कम्पनीहरूले करार अवधि समाप्त भएका नेपाली श्रमिकलाई घर आउनसमेत दिएका छैनन् । रोजगारदाताले अवधि सकिएका श्रमिकलाई फकाएर करार नवीकरणका लागि आग्रह गर्न थालेको पाण्डेले बताए ।

मलेसियाले श्रमशक्तिको संकटलाई समाधान गर्न आन्तरिक बजारबाटै विदेशी श्रमिक आपूर्ति गर्न पाइने गरी सहजीकरण गर्न थालेको छ । यसअघि अन्य रोजगारदाता कम्पनीमा काम गर्ने श्रमिकलाई आपूर्ति गर्न निकै कठिन थियो । यसले रोजगारी गुमाएर मलेसियामै काम गर्न इच्छुक नेपालीसहित विदेशी श्रमिकले मलेसिया छाड्नुपर्ने छैन । मलेसियाका मानव संसाधन मन्त्री एम शरभनानका अनुसार रोजगारदाताले श्रमिकको माग गर्दा १४ दिनभन्दा कम समयको हुन नहुने गरी विज्ञापन गर्नुपर्छ । त्यसमा आवेदकलाई रोजगारदाता तथा सोसल सेक्युरिटी अर्गनाइजेसन ९सोक्सो० का प्रतिनिधिले अन्तर्वार्ता लिने व्यवस्था मिलाइएको छ । मन्त्री शरभनानद्वारा जारी विज्ञप्तिअनुसार विज्ञापन गर्दा पद, तलब, शैक्षिक योग्यता वा आवश्यक दक्षता तथा योग्यता खुलाएर ‘माइफ्युरजब्स’ मा प्रकाशित गर्नुपर्नेछ । रोजगारदाताले भने निश्चित प्रक्रिया पूरा गरी विदेशी श्रमिक व्यवस्थापन प्रणालीमा दर्ता गर्नुपर्छ ।

राजदूत पाण्डेले यो नीतिले मलेसियाली श्रमिक नपाए मात्रै विदेशीले रोजगारी पाउने बताए । मलेसियाले बिदामा गएका नेपाली श्रमिक आउन पनि कडाइ गरेको छ । रोजगारदाताले अति आवश्यक पर्ने भन्दै आवेदन दिएपछि मात्रै अध्यागमनले अनुमति दिने उनले बताए । वैदेशिक रोजगार विभागका अनुसार गत असोजमा १ सय ३ जनाले पुनः श्रमस्वीकृति लिएका थिए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार पूर्व र अन्तिम स्वीकृति लिइसकेका झन्डै ३५ हजार नेपाली श्रमिक मलेसियाका लागि प्रतीक्षारत रहेका छन् । ‘मलेसिया झन्डै १९ महिना बन्द भयो । बल्ल खुलेर गति लिइरहेको अवस्थामा धेरै माग आउन थालेका थिए,’ संघका महासचिव सुजित श्रेष्ठले भने, ‘एउटा प्रक्रिया सकेर उड्न तयार नेपाली रोकिएका छन् ।’ उनले भिसा प्रक्रिया समाप्त भइसकेका श्रमिकको खर्च भने फिर्ता हुनुपर्ने बताए । कोभिड–१९ महामारी सुरु भएपछि मलेसियाबाट १८ हजार नेपाली स्वदेश फिरिसकेका छन् । रोजगारी गुमाएका नेपाली अर्को कम्पनीमा रोजगारी पाउने भएपछि स्वदेश नफिरेको राजदूत पाण्डेले बताए । कान्तिपुर दैनिक