२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा



अ+ अ-

काठमाडौं । महिला साफ च्याम्पियनसिपका लागि खेल्ने महिला राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार २३ सदस्यीय टिमको घोषणा गरेको हो ।

साफ महिला फुटबल च्याम्पियनसिप आगामी बिहिबारदेखि काठमाडौँमा हुँदैछ ।

यस प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेशी, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भुटान सहभागी हुँदै छन् ।

नेपाल रहेको समूह बी मा श्रीलंका, माल्दिभ्स र भुटान रहेको छ भने समुह ए मा भारत, बङ्गलादेश र पाकिस्तान रहेका छन् ।

प्रतियोगिताको पहिलो खेल बिहीबार भारत र पाकिस्तानबीच हुँदैछ । नेपालले भने शुक्रबार पहिलो खेलमा भुटानको सामना गर्दै छ ।

नेपालले यसअघिका सबै छ साफ च्याम्पियनसिपमा भाग लिएपनि अहिलेसम्म उपाधि जित्न सकेको छैन । नेपाल पाँच पटक प्रतियोगिताको उपविजेता बनेको छ ।

भारतले पाँच पटक उपाधि जितेको छ भने एक पटक बङ्गलादेशले उपाधि जितेको छ ।

टिम नेपालः

गोलकिपरः
अन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर र उषा नाथ ।

डिफेन्डरः
गीता राना, अमृता जैसी, समिक्षा घिमिरे, निशा ठोकर, पूजा राना, विमला विक, हिरा कुमारी भुजेल र सजनी ठोकर ।

मिडफिल्डरः
रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की र विमला चौधरी ।

फरवार्डः
रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र सावित्रा भण्डारी ।