२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोटका लागि १८ खेलाडी क्यानको बन्द प्रशिक्षणमा



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले यू-१९ महिला विश्वकप टी-२० अन्तर्गत एशिया क्वालिफायरका लागि १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ ।

क्यानले सोमबार १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको जनाएको हो । ३० असोजदेखि भैरहवामा बन्द प्रशिक्षण सुरु हुँदै छ ।

क्यानले सोनी पाख्रिन, मनिषा उपाध्याय तथा क्रिस्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, साबित्रा धामी र रन्जु श्रेष्ठ, किरन कुमारी कुँवर, तिर्सना विके, रिया शर्मा, एलिसा कुमारी यादव र भवानी कामतीलाई बन्द प्रशिक्षणमा राखिएको छ ।

त्यस्तै, पूजा महतो, कुसुम गोदार, सीमाना केसी, ज्योत्स्निका मरासनी, रचना चौधरी र आस्मा पुलामी मगरलाई बन्द प्रशिक्षणमा राखिएको क्यानले जानकारी दिएको छ ।