३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोटका लागि १८ खेलाडी क्यानको बन्द प्रशिक्षणमा



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले यू-१९ महिला विश्वकप टी-२० अन्तर्गत एशिया क्वालिफायरका लागि १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ ।

क्यानले सोमबार १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको जनाएको हो । ३० असोजदेखि भैरहवामा बन्द प्रशिक्षण सुरु हुँदै छ ।

क्यानले सोनी पाख्रिन, मनिषा उपाध्याय तथा क्रिस्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, साबित्रा धामी र रन्जु श्रेष्ठ, किरन कुमारी कुँवर, तिर्सना विके, रिया शर्मा, एलिसा कुमारी यादव र भवानी कामतीलाई बन्द प्रशिक्षणमा राखिएको छ ।

त्यस्तै, पूजा महतो, कुसुम गोदार, सीमाना केसी, ज्योत्स्निका मरासनी, रचना चौधरी र आस्मा पुलामी मगरलाई बन्द प्रशिक्षणमा राखिएको क्यानले जानकारी दिएको छ ।