३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

विदेशमा बस्ने नेपालीको दशैं-फोटो फिचर

विदेशमा बस्ने नेपालीको दशैं-फोटो फिचर
अ+ अ-

काठमाडौं । दशैं नेपालीहरुको सबैभन्दा ठूलो पर्व हो । स्वदेशमा मात्र नभएर विदेशमा बस्ने नेपालीहरुले पनि दशैं भव्यरुपमा मनाउने गरेका छन् । यस पटक पनि खुसीयालीका साथ विदेशमा बस्ने नेपालीहरु विजयादशमी पर्व मनाएका छन् ।

विदेशमा बस्ने नेपालीहरुले दशैंलाई खुसीयाली साटासाटा र शुभकामना आदानप्रदान गरी रमाइलो गरी मनाउने गरेका छन् । मान्यजनको हातबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरेका छन् ।

मातृभूमिबाट धेरै टाढा युरोप, अमेरिका, मध्यपूर्व, समुद्रपारका एसियाली देश र यस्तै अन्य विदेशी भूमिमा बस्ने नेपालीहरू बडो उमंगका साथ दसैं मनाउँछन् ।

विदेशी भूमिमा दसैं मनाउँदा प्रत्येक नेपालीको मन आआफ्नो पुर्ख्यौली थलोमा पुगेको हुन्छ । आफ्नो पुर्खौली थलो, आफन्त र साथीसंगीको सम्झना गाढा भएर आउँछ ।

आफ्ना प्रियजन र परिवारजनबाट टाढा हुनुको पीडा बोध पनि नहुने होइन तर जमघटले त्यो पीडा बिर्सन मद्दत गरेको हुन्छ । विदेशी भूमिमा नेपालीहरूको सामुदायिक जमघट हुन्छ । मन्दिर र पार्क उत्सवका केन्द्र बन्छन् । आआफ्नो सुविधाअनुसार घरघरमा पनि जम्मा हुन्छन् । आफ्ना परम्परागत परिकार बनाउँछन् । अनुष्ठानहरू गर्छन् । टीका र जमरा आदानप्रदान गर्छन् ।

विदेशमा बस्ने धेरै नेपालीका लागि दशैं आफ्नो समुदायमा परिचय गर्ने, सम्बन्ध बनाउने र घुलमिल हुने अवसर बनिरहेको छ । यसले परिवार र सम्बन्धको नयाँ रूप सिर्जना गर्न मद्दत गरेको हुन्छ । विदेशी भूमिमा हुने दशैंको जमघटले भौगोलिक सीमा नाघेर पुगेको बिरानो भूमिमा पनि रमाउने अवसर प्राप्त हुन्छ । मातृभूमिसँगको सम्बन्ध प्रगाढ बनाउन पनि मद्दत पुगेको हुन्छ ।

यसै बिच अमेरिकामा स्थायी बसोबास गर्दै आएका नेपालीले आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्दै निकै रमाइलो वातावरणमा वडादसैँ मनाएका छन् ।

अमेरिकाका कैयौँ राज्यमा छरिएर बसोबास गर्दै आएका नेपालीले विजया दशमी २०८१ का अवसरमा आफ्ना मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गरेर दसैँ मनाएका हुन् ।

नेपालीले कतै आआफ्ना घरबस्तीमा त कतै मन्दिर या सार्वजनिकस्थलमा जम्मा भएर सामूहिकरुपमा दसैँ पर्व मनाएका हुन् ।अमेरिकी जीवनशैलीमा व्यस्त भएर आफ्नो जीवनयापन चलाइरहेका नेपालीले विभिन्न राज्यमा स्थापित मन्दिरमा पुगेरै टीका ग्रहण गरेका तस्वीर पनि सामाजिक सञ्जालमा राखेका छन् ।

नेपालीको उपस्थिति बाक्लो रहेका टेक्सस, न्यूयोर्क, मेरिल्याण्ड, क्यालिफोर्निया, भर्जिनिया, आयोवा लगायतका क्षेत्रमा नौरथा सुरु भएदेखि नै घरमा मकै र जौका जमरा राखेर स्थानीय समयानुसार सनिबार टीका र जमरा ग्रहण गरेका हुन् ।

पछिल्ला वर्षमा नेपालीले अपार्टमेन्टको बसाईभन्दा व्यक्तिगत घर खरिद गर्ने सङ्ख्या पनि उल्लेख्यमात्रामा बढ्दै गएकाले पनि आफ्ना घरमा नै घटस्थापना गरेर जमरा राख्ने प्रचलन बढेको देखिएको छ ।

एकै स्थानमा ४०–५० को सङ्ख्यामा नेपालीको घर भएका स्थानमा एकापसमा मिलेर जमरा राखेर टीकाको दिन त्यही स्थानबाट बाँडफाँट गर्ने गरेको पनि पाइन्छ । यसरी राखिएको जमरा विजया दशमीका दिन मान्यजनको हातबाट टीकासहित ग्रहण गरिन्छ ।

बफ्लोमा बस्दै आउनु भएका लोकनाथ अधिकारीले भन्नुभयो “पछिल्ला वर्षमा नेपालीको कडा परिश्रमका कारणले व्यवसाय तथा रोजगारीमा वृद्धि भएसँगै आफ्ना चाडबाड र रीतिरिवाजमा बढी ध्यान गएको मैले अनुभूति गरेको छु । यसले हामीबीच आपसी भाइचारा र सम्बन्धमा विस्तार भएको छ र कुनै महत्वपूर्ण अवसर या कसैलाई गाह्रो सारो पर्दा पनि एकजुट हुन सजिलो भएको छ ।”

आफ्ना नजिकका आफन्तजनसँग कुराकानी, भेटघाट गर्न र दसैं मनाउन कतिपय नेपाली एक राज्यबाट अर्को राज्यसम्म यात्रा गर्ने गरेका पनि बताउँछन् ।

अमेरिकी जनजीवनलाई नजिकबाट भोग्न पाएका आप्रवासी नेपालीलाई आफ्नो चाडबाड र आफन्तको खोजीमा चासो हुन थालेको देखिन्छ । सायद यसैकारणले होला यसपटकको दसै। मा हरेक राज्यमा बाक्लो जमघट भएका दृश्य यत्रतत्र देखिएको छ ।

दसैँका लागि भनेर नेपालबाटसमेत अभिभावक झिकाएर अमेरिकाको भूमिमा दसैँ मान्न पाउने आफूलाई भाग्यमानी सम्झन्छन् । उनीहरुले नेपालबाट आएका अभिभावकसँगै प्रवासी भूमिमा दसै मान्न पाउँदा असाध्यै खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

आयोवामा बस्दै आउनु भएका ध्रुब अर्यालले भन्नुभयो ‘हामीहरुले हाम्रो भाषा, संस्कृतिलाई जगेर्ना गर्न सक्यौं भने मात्र भावी पिँढीसम्म नै यस्ता चाडपर्व स्थापित हुन सक्छन् । त्यसैले पारिवारिक वातावरणमै दसैँ मनाउनु भावी पिँढीका लागि एउटा मार्गनिर्देशन पनि हो ।”

काममा सधै व्यस्त रहनुपर्ने भएकाले एकअर्कासँग भेटघाट गर्न र परिवारसँग समय बिताउन चाडबाडले महत्वपूर्ण सेतुको काम गरेको छ । एक राज्यबाट अर्को राज्यमा पुग्न घण्टौँको सडक यात्रा तथा हवाई यात्रालाई समेतलाई प्रवाह नगरी नेपालीको चहलपहल हुनु आफै‍मा संस्कृति जगेर्नाको गतिलो उदाहरण पनि हो ।

त्यसो त दसैँको मौका पारेर विभिन्न राज्यमा रहेका स्थानीय सामुदायिक सङ्घसंस्थाले सांस्कृतिक कार्यक्रम पनि गर्ने गरेका छन् । यहाँका मन्दिरमा राखिएको जमरा, समुदायमा समन्वय गरेर लगाइएको टीकाले आफूलाई नेपालमै छु कि अमेरिकामा भन्ने छुट्याउन गाह्रो भएको अनुभवसमेत यहा रहेका नेपालीहरुको छ ।

टेक्सस, भर्जिनिया, मेरिल्याण्डमा रहेका नेपाली सामुदायिक केन्द्र, मन्दिरमा मानिस लाइन लागेर टीका ग्रहण गरेका दृश्य आफैमा निकै रोचक छ । अध्येताका अनुसार नेपालबाट अमेरिका आएका नेपालीको उपस्थिति सन् १९९५ बाट बढ्न थालेको हो । विस्तारै डाइभर्सिटी भिसाका माध्यमबाट आउनेको सङ्ख्या बढ्दै जाँदा र हरेक वर्ष झण्डै १० हजार  भन्दा बढीको सङ्ख्यामा आएका विद्यार्थीका कारण अमेरिकाको भूमिमा पनि दसैँ मान्न र मनाउने परिपाटी वृद्धि हुँदै गएको छ ।

भर्जिनिया, पेन्सल भेनिया मेरिल्याण्डमा नेपालीले नै सञ्चालनमा ल्याएका बाख्रा फार्मका कारणले दसैँका बेला काठमाडौँ, पोखरा, विराटनगर, वीरगञ्ज, नारायणगढलगायतका स्थानमा देखिने खसी बजारको झल्कोसमेत अनुभूत गर्न सकिन्थ्यो । तर बलि नै दिन भने यहाँको कानूनले बर्जित गरेको छ । यहाँका स्थानीय केही ग्रोसरी स्टोरलेसमेत खसीको मासु बिक्री गर्ने भएकाले दसैँमा मांशाहारीका लागि थप सजिलो भएको थियो ।

वर्ष दिनमा आउने दसैँमा मीठोमसिनो खाने, राम्रो लगाउने भन्ने विगतका परम्परा एवं भनाइलाई पछिल्ला वर्षमा विदेशमा आएर बस्न थालेकाले पनि आफ्ना भावी सन्ततिसम्म पु-याउन सकेको देखिन्छ ।

आफ्नो कला र संस्कृतिको जगेर्ना कसरी गराउने भन्ने विषय उनीहरुले आफ्ना सन्ततिलाई यस्तै चाडबाड एवं परम्पराको जगेर्नाबाट पनि सिकाउन सक्दछन् । अनेकतामा एकता सांस्कृतिक पर्वको विशेषता भने झैँ अमेरिकामा पनि दसैं पर्वले विस्तारै नेपाली आप्रवासीको महत्वपूर्ण पर्वका रुपमा मान्यता पाउँदै गएको देखिन्छ ।