काठमाडौ । ट्रयान्स हिमालयन फ्रेन्ड्सीप सोसाइटी नेपालले रसुवाको उत्तरगया गाँउपालीकालाई तीन हजार थान मेकिडल माक्स हस्तान्तरण गरेको छ ।सोसाईटीले उत्तरगया गाउपालीका प्रमुख उपेन्द्र लम्साललार्य माक्स हस्तान्तरण गरेको हो । कोरोना महामारी विरुद्धको अभियानमा सहयोग पुर्योउने उद्देश्यले स्वास्थ्थ सामग्री हस्तान्तरण गरिएको ट्रयान्स हिमालयन फ्रेन्ड्सीप सोसाइटी नेपालका संस्थापक अध्यक्ष डा.राजिव कुमार झाले जानकारी दिनुभयो ।
सहयोग स्वरुप प्राप्त सामग्री ग्रहण गर्दे गाँउपालीका प्रमुख लम्सालले कोरोना रोकथामका लागि उपलब्ध सहयोग प्रति धन्यबाद ब्यक्त गर्नुभयो ।











