२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रेमा सुख्खा पहिरोले बस र सुमो पुरियो, बीपी राजमार्ग पुन: अवरूद्ध



अ+ अ-

काठमाडौं । सुख्खा पहिरोका कारण बीपी राजमार्ग फेरी अवरुद्ध भएको छ ।

काभ्रेको रोशी गाउँपालिका ११ पिप्लेमा माथिबाट खसेको सुख्खा पहिरोका कारण बाटो पूर्णरुपमा अवरुद्ध भएको हो ।

पहिरोमा परि खोटाङबाट काठमाडौं आउँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमो पुरिएको प्रहरीले जनाएको छ । यस्तै, सिन्धुली खुर्कोटबाट काठमाडौं आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई पनि धकेली २० मिटर तल पुर्‍याएको छ ।

मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । अहिले दुबैतर्फ सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुरोध गरेको जनाएको छ ।