• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

लागुऔषधसहित तीन पक्राउ



झापा । झापाका दुई भिन्न स्थानबाट लागुऔषधसहित सोमबार तीन जना पक्राउ परेका छन् । दमक नगरपालिकाबाट दुई र मेचीनगर नगरपालिकाबाट एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

सोमबार राति करिब ८ः१५ बजे दमक–८ का २८ वर्षीय अङ्कित कार्कीको घरको कोठामा लुकाइछिपाई लागुऔषध राखेको छ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा लुपिजेसिक ८३ एप्पुल, डाइजेपाम ८३ एम्पुल र फेनरागन ८३ एम्पुल बरामद गरेको थियो ।

लागुऔषध बरामद भएको कोठामा दमक–७ का २८ वर्षीय अमन लिङ्फेप लिम्बूसमेत रहेकाले उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रनाउ थापाले बताउनुभयो ।

यसैबीच मेचीनगर नगरपालिका–६ काली मन्दिर छेउबाट नियन्त्रित लागुऔषध ब्राउनसगुरसहित एक जना पक्राउ परेका छन् । सीमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरी टोलीले सोमबार मेचीनगर–१४ का ३० वर्षीय कुमार विकलाई तीन ग्राम लागुऔषध ब्राउसुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका विकको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।