४ पुष २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीपी राजमार्ग भोलिदेखि सञ्चालनमा आउने



Photo : File
अ+ अ-

काठमाडौं । बाढीपहिरो र डुबानले तहसनहस बनाएको बीपी राजमार्गमा भोलिदेखि पुन: सञ्चालनमा ल्याइने भएको छ ।

भोलि बिहान १० बजेदेखि सहजरूपमा गाडी चलाउने गरी निर्माण कार्य अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिएका छन्।

सचिव शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बिहान भएको कुराकानीमा शुक्रबार बिहान १० बजेपछि वीपी राजमार्ग सञ्चालनमा आउने जानकारी गराएका हुन् ।

सडक खुलाउन अहोरात्र खटिएका प्राविधिक सहित सम्पूर्ण टिमलाई धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘बीपी राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसँगै फिल्डमा रहनुभएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग केहीबेर अघि टेलिफोनमा कुरा भयो । उहाँ सडक मर्मत गर्ने प्राविधिक टोली सहित रोशी गाउँपालिका- ९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ। उहाँका अनुसार भोलि बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने छ। आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने छ । भोलि राजमार्ग खुलेपछि मात्र दशैं मान्ने बताउनु भयो ।’

यही असोज ११ र १२ गतेको वर्षा र बाढीले बीपी राजमार्गका ठाउँ ठाउँमा क्षति पुर्‍याएको थियो । रोशी र सुनकोशीको बाढीले काभ्रेको चौकीडाँडादेखि तल नेपालथोकसम्म विभिन्न ठाउँमा सडक क्षतविक्षत् भएको थियो । सचिव शर्माको नेतृत्वमा प्राविधिकको टीम फिल्डमै खटिएर काम गरिरहेको छ ।