२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा खसीबोका किनमेल जारी (तस्बिरहरु)



अ+ अ-

काठमाडौँ । चाडवाडको समयमा मासु अरु बेलाको तुलनामा बढी खपत हुने गर्दछ । त्यसैले पनि यतिबेला काठमाडौंसहित अन्य शहरी क्षेत्रमा गाउँबाट आइ खसी, बोका, च्याङ्ग्रा र भेडा बेच्नेहरुको संख्या धेरै छ ।

पश्चिमी क्षेत्र मुस्ताङदेखि काभ्रेपलाञ्चोकसम्मका खसी,बोकाहरु काठमाडौंमा ल्याइएको छ । तर विगतको तुलनामा कम विक्री भएको खसी व्यपारीहरुले बताउँदै आएका छन् । विपद्का कारण सडक सञ्जालहरुमा क्षति हुँदा अवागमन असहज बनेसँगै पूर्वी क्षेत्रबाट भने यस वर्ष धेरै खसीबोका आएका छैनन् ।

काठमाडौंका भृकुटीमण्डप, बबरमहल, कलंकीको खसी बजार, खाद्य व्यापार कम्पनीका खसी बोकाहरु किन्ने क्रम अहिले जारी छ । उपभोक्ताहरु खसी किन्न भोलिसम्मै आउने गर्दछन् । भेडा,खसी, बोका र च्याङ्ग्रा विक्री गरेका केही तस्बिरहरु यो फोटो फिचरमा ।

तस्बिरहरु: न्युज एजेन्सी नेपाल