२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदेवी मन्दिरमा बेलतोरी विधिपूर्वक सम्पन्न



अ+ अ-

काठमाडौँ । राजदेवी मन्दिरमा विधिपूर्वक बेलतोरी गरिएको छ । नवरात्रीको सातौँ दिन फूलपाती भित्रयाइन्छ जसलाई मिथिलाञ्चलमा बलतोरी भन्ने गरिन्छ । जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा बेलतोरी विधि तामझामका साथ मनाइन्छ ।

प्रत्येक वर्ष जस्तै यस वर्ष पनि नेपाली सेनाको टुकडी बाजागाजासहित बेलतोरीमा सरिक भयोे । धनुषाका प्रमुख जिल्ला अधिकारी सहितका प्रशासनिक निकायका प्रमुखहरु समेत सो विधिका क्रममा सहभागिता जनाउने गरेका छन् ।

नेपाली सेनाले सो अवसरमा सलामी समेत चढाउने गरेको परम्परा यस वर्ष समेत निरन्तरता पाएको छ ।