२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चंगा देखियो, वर्षा गयो (फोटो फिचर)



अ+ अ-

काठमाडौँ । दशैँ—तिहार नजिकिएसँगै काठमाडौंमा चंगा देखिन थालेको छ ।

काठमाडौँमा वर्षाका देवता इन्द्रलाई पानी पुग्यो अब नबर्साउनु भन्ने सन्देश दिन चंगा उडाउने चलन बसेको भनिन्छ । यता आकाशमा रंगीबिरंगी चंगा उड्न थालेपछि दशैँको माहोल शुरु भएको पनि भनिन्छ । अहिले काठमाडौँ उपत्यकाका गल्लि चोकदेखि ब्यापारी क्षेत्रमा चंगाको व्यापार बढेको छ, पसलेलाई ग्राहकको माग पूरा गर्न हम्मेहम्मे परेको छ ।

अहिले कागजबाट बनेको चंगाभन्दा भारतबाट आएको रंगीविरंगी प्लास्टिकका चंंगाले स्थान ओगटेको छ । नेपालमै बनाइने चंगा महँगो भएकोले भारतीय बजारबाट ल्याइएको प्लास्टिकको चंगाप्रति उपभोक्ताको रोजाइ परेको विक्रेताहरुले बताएका छन् ।

काठमाडौं उपत्यकाको चंगा व्यापार भइरहेको स्थानमा पुगी तयार पारिएको फोटो फिचर सामग्री ।

न्युज एजेन्सी नेपाल/अनुप प्रधान