२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चंगा देखियो, वर्षा गयो (फोटो फिचर)



अ+ अ-

काठमाडौँ । दशैँ—तिहार नजिकिएसँगै काठमाडौंमा चंगा देखिन थालेको छ ।

काठमाडौँमा वर्षाका देवता इन्द्रलाई पानी पुग्यो अब नबर्साउनु भन्ने सन्देश दिन चंगा उडाउने चलन बसेको भनिन्छ । यता आकाशमा रंगीबिरंगी चंगा उड्न थालेपछि दशैँको माहोल शुरु भएको पनि भनिन्छ । अहिले काठमाडौँ उपत्यकाका गल्लि चोकदेखि ब्यापारी क्षेत्रमा चंगाको व्यापार बढेको छ, पसलेलाई ग्राहकको माग पूरा गर्न हम्मेहम्मे परेको छ ।

अहिले कागजबाट बनेको चंगाभन्दा भारतबाट आएको रंगीविरंगी प्लास्टिकका चंंगाले स्थान ओगटेको छ । नेपालमै बनाइने चंगा महँगो भएकोले भारतीय बजारबाट ल्याइएको प्लास्टिकको चंगाप्रति उपभोक्ताको रोजाइ परेको विक्रेताहरुले बताएका छन् ।

काठमाडौं उपत्यकाको चंगा व्यापार भइरहेको स्थानमा पुगी तयार पारिएको फोटो फिचर सामग्री ।

न्युज एजेन्सी नेपाल/अनुप प्रधान