२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

दशैंमा घर फिर्तीको हतारो (फोटो फिचर)

दशैंमा घर फिर्तीको हतारो (फोटो फिचर)
अ अ+ अ-

काठमाडौं । दशैंको बेला घर फर्किनेहरुको लर्को लागेको छ । नयाँबसपार्क, कलंकी, कोटेश्वर, बालाजु, बल्खुलगायत क्षेत्रमा गाउँ फर्किनेहरुको हतारो देखिन्छ ।

कोही गाडी रिजर्भ गरेर त कोही सार्वजनिक यातायातको टिकट काटेर घरको यात्रामा छन् । कोही भने अझैं सवारी साधनको खोजीमै छन् ।

सबैमा दशैंको उल्लास छ तर यात्रा सकस होला कि भन्ने चिन्ता पनि उतिकै छ । सडकका चोकचोकमा छन् घरसम्मको यात्रा तय गरेका यात्रुहरू । खाली छैनन् बसका सिटहरू । कलंकी चोक छोडेर बाहिरिरहेका छन् यात्रुले भरिभराउ सवारी ।

यात्रुहरुलाई सहज र सुरक्षित रुपमा गन्तव्यसम्म पुर्‍याउने उद्देश्यले नेपाल प्रहरी र ट्राफिक प्रहरीले ठाउँठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गरेका छन् ।

प्रहरीले भीडभाडमा यात्रा गर्दा धनमाल चोरी हुनसक्ने जोखिम हुने भएकाले सजग रहन अनुरोध समेत गरेको छ ।

असोज ११ र १२ गते आएको बाढी र पहिरोले राजमार्गहरुको अवस्था भने बिग्रिएको छ । राजमार्गहरुमा सवारीको लर्को छ । अझै ५ वटा राजमार्गका केही खण्डमा यातायात सुचारु हुन सकेको छैन । यात्रुहरु घुमाउरो बाटो प्रयोग गरेर भए पनि गन्तव्यतर्फ लागिरहेका छन् ।

काठमाडौँ उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ ।

विगत तीन दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिएका बताउँदै उहाँले भन्नुभयो, “आइतबार र मङ्गलबारको तुलनामा सोमबार र आज यात्रा गर्नेको सङ्ख्या बढेको छ ।” दैनिक सरदर ३० हजार मानिस राजधानी प्रवेश गरेका छन् ।

नायब उपरीक्षक कार्कीले बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर र सीतापाइलामा सवारी र यात्रीको बढे पनि गत वर्षको दसैँमा जस्तो नाका पार गर्न घण्टौँ प्रतीक्षा गर्नु नपर्ने जानकारी दिनुभयो ।

हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली–हेटाैँडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

तस्बिर : हरिराम भेटुवाल / रासस