२६ असार २०८३, शुक्रबार
,
Latest
बागलुङमा बालबालिकालाई लगाइयो दादुराविरुद्धको खोप विद्युत सेवा सुधारमा ऊर्जा मन्त्री श्रेष्ठको जोड, वितरण प्रणाली चुस्त बनाउन निर्देशन ५५ प्रतिशत जलेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला बिग्रन सक्ने विश्वकपलाई नेट जिरो अवधारणामा सञ्चालन गर्न सकिन्छ ? ऊर्जा क्षेत्रका उद्यमीसँग आज प्रधानमन्त्री शाहको छलफल हुँदै केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान फुटबलमार्फत युवाको ‘नेट जिरो’ सन्देश, जलवायु कार्यमा विश्व नेतालाई जिम्मेवार बन्न आग्रह ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण कर्णाली नदीमा बेपत्ता मध्ये थप दुई जनाको शव फेला युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन



अ+ अ-

काठमाडौं । यस वर्षको मनसुन आज काठमाडौँ उपत्यकाबाट पनि बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पूर्ण भू–भागका साथै काठमाडौँ उपत्यकाबाट पनि बाहिरिएको छ ।

महाशाखाका अनुसार बागमती प्रदेशको पश्चिमी भूभाग र मधेस प्रदेशका पश्चिमी भू–भागका थोरै स्थानबाट पनि मनसुन बहिर्गमन भएको छ ।

हाल कोसी प्रदेशलगायत मधेस प्रदेश र बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले राससलाई जानकारी दिनुभयो । यता गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत मधेस प्रदेश र बागमती प्रदेशको पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

आज कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । आज कोसी प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको पनि जनाइएको छ ।

नेपालको सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानबाट असोज २० गते यस वर्षको मनसुन बहिर्गमन भएको थियो । यस वर्षको मनसुन गत जेठ २८ गते नेपालमा भित्रिएको थियो । यस वर्षको मनसुनले ठूलो जनधनको क्षति गराएको छ ।