२२ भाद्र २०८३, सोमबार
,
Latest
रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई चित्तल मारेर लैजान लागेका एकजना पक्राउ



अ+ अ-

चितवन । यहाँस्थित पञ्चकन्या सामुदायिक वन अगाडि रत्ननगर नगरपालिका–११ शीतल टोलमा दुईवटा चित्तल मारेर बोरामा लैजान लागेका एक जनालाई पक्राउ गरिएको छ ।

डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी देवी पौडेलका अनुसार कालिका नगरपालिका–६ घर भई वडा नम्बर ३ मा बसोबास गर्दै आएका ३१ वर्षीय उज्वल लामा पक्राउ परेका हुन् । निजको साथमा रहेको बोराभित्र दुईवटा मृत चित्तल राखेको भेटिएको थियो । पौडेलका अनुसार चित्तल गोली हानेर मारिएको हो ।

पक्राउ परेका लामासँगै अन्य चार मोटरसाइकल फेला परेको छ । उनीसँगै आएका मोटरसाइकलमा सवार केही व्यक्ति फरार भएका छन् । निजहरुले गोली हानेर चित्तल मारेको सूचनाको आधारमा सोमबार इलाका प्रहरी कार्यालय रत्ननगर, डिभिजन वन कार्यालय, सशस्त्र वन रक्षक टोली र पञ्चकन्या सामुदायिक वनको संयुक्त टोलीले निजलाई पक्राउ गरेको हो ।

उक्त कार्यमा संलग्न फरार व्यक्तिहरुको खोजी भइरहेको पौडेलले बताउनुभयो । वनभित्र गोलीको आवाज सुनिएपछि चित्तल मारेको आशङ्कामा उनीहरुको खोजी गरिएको थियो । घटनाबारे अनुसन्धान भइरहेकाले वन कार्यालयले आज मात्र सूचना दिएको हो ।