१५ भाद्र २०८३, सोमबार
,
Latest
राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग बाढी प्रभावित रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरधाममा दशैँको अवसर पारेर सस्तो बजार सञ्चालन



अ+ अ-

काठमाडौँ । जनकपुरधाममा दशैँको अवसर पारेर सस्तो बजार सञ्चालन गरिएको छ ।

घटस्थापनाका दिनदेखि दशैँको सस्तो बजार शुरु गरिएको थियो । सुपथ मूलयमा सस्तो बजारमा सामान खरिद पाउने भएपछि सस्तो बजारमा उपभोक्ताहरुको चहलपहल बढेको छ । दशैँ सस्तो बजारमा लत्ताकपडा, जुत्ताचप्पल, श्रृंगारका सामान, घरेलु सामान, सजावटका सामग्रीका साथै खाद्यवस्तुहरु व्यापारीहरुले विक्री गर्दै आईरहेका छन् । जनकपुरधाममा दशैँको मेला वरपरका गाउँबाट आएकाहरु दैनिक उपभोग्य वस्तु खरिद गर्नकालागि पुग्ने गरेका छन् ।

जनकपुरधाम बजारमा मन्दीमा रहेको समय यो सस्तो बजारले बजार व्यवसायमा उत्साह ल्याउने सस्तो बजारमा कपडाको स्टल लगाएका व्यापारी श्याम साहले बताउनु भयो । उहाँ प्रत्येक वर्ष दशैँ सस्तो बजारमा स्टल लगाउँदै आइरहनुभएको छ । यता जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले जनकपुरधामको बजार व्यवसायलाई चलायमान बनाउने उद्देश्यले प्रत्येक वर्ष सस्तो बजार लगाउने गरिएको बताउनु भयो । उहाँले आउने वर्षहरुमा दशैँमा मात्रै लाग्ने यो सस्तो बजार छठसम्म लगाउने गरी योजना बनाईरहेको जानकारी दिनुभयो । सस्ता बजारमा स्टल लगाएका पंकज केजरीवालले सस्तो बजारले आर्थिक रुपमा व्यापारीलाई केही हदसम्म सबल बनाउने बताउनु भयो । सस्तो बजारमा राम्रै व्यापार चलिरहेको बताउनु भयो ।

मा सस्तोमै राम्रा सामान खरिद गर्न पाउने अपेक्षासहित आफू सस्तो बजारमा आएका उपभोक्ताहरुले बताए । यद्यपि खुद्रा सामान किन्न कठिनाई भइरहेको उपभोक्ताहरुको गुनासो रहेको छ ।

दशैँको अवसरमा हरेक वर्ष जनकपुर धाममा सस्तो मेला लाग्ने गर्दछ ।