१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन

रेडक्रसद्वारा विपद् प्रभावित १२ सय ७३ परिवारलाई राहत सामग्री वितरण, एक हजार बढी स्वयंसेवक परिचालन

रेडक्रसद्वारा विपद् प्रभावित १२ सय ७३ परिवारलाई राहत सामग्री वितरण, एक हजार बढी स्वयंसेवक परिचालन
अ अ+ अ-

काठमाडौँ । नेपाल रेडक्रसले मनसुनजन्य विपद्बाट प्रभावित १ हजार २ सय ७३ परिवारलाई राहत सामग्री उपलब्ध गराएको जनाएको छ ।

असोज ११, १२ र १३ गते आएको अविरल वर्षापछि आएको बाढी, पहिरोबाट प्रभावित १ हजार २ सय ७३ परिवारलाई रेडक्रसले राहत सामग्री उपलब्ध गराएको जनाएको हो ।

पीडितलाई स्थानीय सरकारसँग मिलेर राहत र उद्धारको कामलाई अघि बढाएको जनाएको छ । जसमध्ये ४ सय ८२ परिवारलाई गैरखाद्य सामग्रीहरुको सेट उपलब्ध गराइएको रेडक्रसका विपद् व्यवस्थापन विभागका निर्देशक सागर श्रेष्ठले बताउनु भयो । उहाँले सरकारले तोकेको विपद् संकटग्रस्त क्षेत्रमा स्थानीय सरकारसँग मिलेर पीडितलाई राहत र उद्धार गर्ने कामलाई अघि बढाइएको बताउनु भयो । सोमवार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उहाँले सो क्षेत्रमा पीडितहरुको यकीन डाटा संकलन गर्न, उनीहरुलाई राहत र उद्धार गर्न कम्तीमा १ हजार स्वयंसेवक परिचालन गरिएको पनि बताउनु भयो । टेलिफोन, विद्युत, सडक अवरुद्ध हुँदा पीडितको यकीन विवरण तयार गर्ने काममा पनि केही ढिलाई हुन गएको पनि रेडक्रशको स्पष्टिकरण छ ।

विपद् व्यवस्थापन विभागका निर्देशक श्रेष्ठले भन्नुभयो, ‘अहिले प्रभावित भएका जिल्लाहरुमा रिलिफ, रेसपोन्स र मलाई लाग्छ–मोर दयान १ थाउजेन्ट भोलेन्टियरस मोविलाईज हुनुहुन्छ । इन्फरमेशन ल्याउन, सर्टेन रेसक्यू गर्न र रिलिफ सर्पोटका लागि कामहरु भइरहेका छन् । त्यसमा हामीसँग इन्कन्ट्री पार्टनरहरु पनि सहयोगका लागि हुनुहुन्छ । र स्थानीय सरकारसँग मिलेर काम गरिराखेका छौं ।’

विभागका अनुसार यस वर्षको मनसुनबाट ६३ जिल्ला प्रभावित रहेका छन् । ती मध्ये पीडित ९४८ घर परिवारलाई १५ हजारका दरले आर्थिक सहायता प्रदान गरिएको पनि विभागका निर्देशक श्रेष्ठले बताउनु भयो । यस वर्षको मनसुन शुरु भए यता ३८१ जनाको मृत्यु भएको, ३७५ जना घाइते भएका र ७३ जना हराइरहेको रेडक्रसको तथ्यांकमा उल्लेख गरिएको छ । रेडक्रसले यस वर्षको मनसुन यता ७८१ परिवारलाई गैरखाद्य सामग्री वितरण, १ हजार ४६ जना स्वयंसेवक परिचालन, २ हजार ८० वटा त्रिपाल वितरण, १ हजार ८५३ वटा कम्बल वितरण, म्याट्रेस ६ सय ६६,४४८ रोल डोरी वितरण गरेको जनाएको छ ।