२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिङ र चङ्गामा रमाउदै बालबालिकाहरु (फोटोफिचर)



अ+ अ-

काठमाडौँ । नेपालीहरुको महान चाड विजया दशमी आउन अब ३ दिन मात्रै बाँकी छ । यस वर्ष असोज २६ गते शनिवार दशैँको टिका रहेको छ ।

दसैं आगमनसँगै गाउँघरमा चोक चौतारीतिर पिङ राख्न सुरु गरिएको छ। दसैंका बेला धर्ती छाड्नुपर्छ भन्ने सांस्कृति परम्पराका आधारमा एकपटक पिङ खेल्नुपर्ने मान्यता छ। काठमाडौंका वरिपरिका डाँडा लगायत खुल्ला चौरतिर पनि पिङ  हालिएको छ ।

यस्तै, निलो आकाशमा रङ्गिन चङ्गाहरु उडाउँदै गरेको पनि देख्न सकिन्छ । हेरौँ चङ्गा उडाउँदै गरेका र पिङमा रमाउँदै गरेका बालबालिकाहरुका केही तस्बिरहरु ।