५ माघ २०८१, शनिबार
,
Latest
स्थानीय तहको निर्वाचन गर्ने अधिकार प्रदेशलाई दिन सकिन्छः प्रमुख निर्वाचन आयुक्त थपलिया ‘कानूनी परिधिभित्र रहेर व्यापार व्यवसाय गर्ने अधिकार सबैलाई छ’ अधिकार प्राप्तिका लागि दलहरु एकताबद्ध हुनुपर्ने विश्वकप क्रिकेटः बङ्गलादेशसँग नेपाल पराजित दक्षिण कोरियाका राष्ट्रपति युन हिरासतका विषयमा भएको सुनुवाईमा सहभागी बंगलादेशविरुद्ध नेपाल ५२ रनमै अलआउट समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना छैनः अध्यक्ष यादव मोटरसाइकल चालकलाई शुभयात्रा अभियान टस हारेर ब्याटिङमा उत्रिएको नेपालको खराब सुरुवात योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछः प्रथम राष्ट्रपति
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवरुद्ध कान्तिलोकपथ मार्ग सुचारु- फोटो फिचर



अ+ अ-

काठमाडौं । बर्षाका कारण अवरुद्ध कान्तिलोकपथ मार्ग सुचारु भएको छ । मकवानपुर र ललितपुर जोड्ने बगुवाको बागमती पुलमा अस्थायी सडक बनाएर कान्तिलोकपथ सञ्चालनमा ल्याइएको नेपाली सेनाले जनाएको छ ।

यो  सँगै हेटौंडा र काठमाडौंलाई जोड्ने आधा दर्जन मार्ग सबै सन्चालनमा आएका छन् ।

मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको बागमती गाउँपालिकाले बगुवामा ४ वटा ह्युमपाइप हालेर अस्थायी सडक बनाएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार भीमफेदी गाउँपालिका ८ महादेवटार र ललितपुर जिल्ला, वाग्मती गाउँपालिका(२ वगुवास्थित वाग्मती खोलामा रहेको पुलको केही भाग बगाए पश्चात् अवरुद्ध भएको कान्तिलोकपथ मार्गआश्विन २१ गते राती १०३० बजेबाट सवारी आवागमन सुचारु भएको छ ।

उक्त लोकपथ मार्गमा सवारी आवागमन सुचारु गर्न नेपाली सेनाले अन्य निकायको सहयोगमा २ स्थानमा करिव ८०० मिटरको बाँध निर्माण गरी बागमती नदी डाइभर्सन तथा निर्माण गरेको छ ।
यसै गरी ३२० मिटर लम्बाइको नयाँ ट्रयाक निर्माण गर्नुका साथैबागमती नदीमा करिव ४० मिटर लम्बाइको मार्ग निर्माण गरी पुलसम्म सडक जोडिएको छ ।

यसैगरी तारजाली तथा बागमती नदीमा ह्यूम पाईप राखि अस्थायी सडक बनाउनुका साथै कान्तिलोकपथको अन्य विभिन्न खण्डमा पहिरो पञ्छाउने कार्य गरेको  निर्देशनालयले जनाएको छ ।