१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन

बुधवार बिहानदेखि कान्ति राजमार्ग पूर्ण रुपमा सञ्चालन हुने

बुधवार बिहानदेखि कान्ति राजमार्ग पूर्ण रुपमा सञ्चालन हुने
file photo
अ अ+ अ-

काठमाडौँ । अवरुद्ध कान्ती राजमार्ग बुधवार बिहानसम्म पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ ।

मंगलवार ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा.उदयशमशेर जबरासहितको प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुको टोलीले सो ठाउँको अनुगमन गरेको हो ।

सो क्रममा कान्ती राजमार्गका इन्जिनियर सीताराम बुढाथोकीले सडक विभाग र नेपाली सेनाको सहयोगमा सडक खुलाउने काम भइरहेको र बुधवार बिहानसम्म पूर्ण रुपमा सडक सञ्चालन गरिसक्ने बताउनु भयो । उहाँले असोज ११ गतेदेखि आएको वर्षा बाढी र पहिरोका कारण कान्ती राजमार्गमा १५.७५ मिटरको सिम्प्ली सपोर्टेट ब्रिच क्षति हुँदा आवतजावतमा समस्या भएको बताउनु भयो । बाढीका कारण पुल, सडक र पुलको निर्माणको लागि राखिएको पाइल ड्राइभिङ मेसिन लगायत अन्य मेसिनहरु र ८० टनको रेन्सफोर्समेण्टहरु पनि बगाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो असोज ११ गतेदेखि आएको वर्षापछिको क्षति हो । यसमा १५।७५ मिटरको सिम्प्ली सपोर्टेट ब्रिच क्षति भयो । सम्भवत: यो कुलेखानीको पानी पनि जोडिएर र अविरल वर्षाका कारण क्षति भएको हो । यसबाट पुल मात्रै क्षति भएन, कन्ट्याक्टरको एउटा नयाँ पुल सँगै डिजाइन एण्ड बिलको ठेक्का थियो, नयाँ पुलको । जुन ८२ मिटर लामो, ११ मिटर चौडाइको । त्यो पुलको निर्माणको लागि राखिएको पाइल ड्राइभिङ मेसिन लगायत अन्य मेसिनहरु र ८० टनको रेन्सफोर्समेण्टहरु पनि कन्ट्याक्टरको सबै बगाएर क्षति भएको छ । हामी हाल अस्थायी डाइभर्सनको रुपमा खोल्ने प्रयासमा छौँ । सडक विभाग र नेपाली सेनाको सहयोगमा लागिरहेका छौँ । आज तीन बजेसम्मको टार्गेट छ । केही समय लाग्छ । टिप्परले मेटिरियल बोकेर ल्याउन समस्या आएको छ । भोलि बिहानसम्म यो बाटो खोलिसक्छाँै ।’

त्यस्तै ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा।उदयशमशेर जबराले आज आफूहरुले वागमती गाउँपालिका र कोन्जसुम गाउँपालिकाका केही बाटोहरु अवलोकन गरेको बताउनु भयो । उहाँले सो क्रममा कान्ती लोकपथको पनि अवलोकन गरिएको र ललितपुर र मकवानपुर जिल्ला जोड्ने कान्ती लोकपथमा विशेष गरेर बगुवाको पुलमा आधा भन्दा बढी क्षति गरेकाले आवतजावत असहज भएको बताउनु भयो । अहिले पुलमा साना सवारीहरु चलाउनसक्ने बनाइएको जानकारी दिनुभयो । टिकाभैरव, देवीचौर घुसेल क्षेत्रमा पनि यातायात सुचारु गर्न लागिएको बताउनु भयो । दलचोकीसम्म सडक पुगेको र अब शंखुसम्म पुयाउनुपर्ने काम बाँकी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वागमती गाउँपालिका र कोन्जसुम गाउँपालिकाका केही बाटोहरु अवलोकन गर्न पनि गयौँ । एउटा त कान्ती लोकपथ । कान्ती लोकपथमा विशेष गरेर बगुवाको पुल जुन ललितपुर र मकवानपुर जिल्ला जोड्ने जिल्लाको पुलको केही भाग बगाएको छ । हाम्रो सडक विभाग तथा कान्ती लोकपथ आयोजना अन्तर्गतका साथीहरु र त्यहाँका स्थानीय जनप्रतिनिधिहरुको पहलमा अहिले त्यो पुल टेम्पररी चल्ने गरेर एक किसिमले बाइपास गरेर भोलिदेखि सानो गाडी चल्ने परिस्थिति सिर्जना भएको छ ।’

‘टिकाभैरव, देवीचौर घुसेल पनि हिजोसम्म बन्द थियो । हिजो पनि त्यहाँ आएर समस्या समाधान गरेपछि आज खुलेको छ । बिर्खे डाँडा दल्चोकी, शंखु सडकमा बढी ड्यामेज देखिएको छ । दलचोकीसम्म सडक पुगेको छ । अब शंखुसम्म पुर्‍याउनुपर्नेछ । विशेष गरेर ललितपुरको एक नम्बर क्षेत्रमा गोदावरी, महांकल, कुञ्जेसुम र वागमती यो एउटा नगरपालिका र तीन गाउँपालिकामा अहिले क्षति बढी भएको छ । ३५ जना भन्दा बढीको ज्यान गएको छ । पूर्वाधार धेरै नै बिग्रिएको छ । पुन:निर्माणको क्रममा ललतिपुर एक नम्बर क्षेत्रमा महांकाल र गोदावरीमा विशेष समस्या छ । अहिले सबै बाटो खुलाउने र पुलहरु निर्माण गर्ने तयारीमा छौँ । पूर्ण क्षति भएका घरहरु ६ सयदेखि ८ सय घरमा क्षति भएको छ । त्यसलाई व्यवस्थापन कसरी गर्ने भन्नेमा छौँ । सरकारले ५० हजार दिएर अस्थायी व्यवस्थापन गरेको छ । तर स्थायी व्यवस्थापनमा हामीले ध्यान दिनुपर्छ ।’

ललतिपुर निर्वाचन क्षेत्र नम्बर १ मा पूर्ण क्षति भएका घरहरु ६ सयदेखि ८ सय रहेको अनुमान गरेको बताउनु भयो । सरकारले ५० हजार दिएर अस्थायी व्यवस्थापन गरेको भएपनि स्थायी व्यवस्थापनका लागि ध्यान दिनुपर्ने बताउनु भयो ।