२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

दशैंको बजार -फोटो फिचर

दशैंको बजार -फोटो फिचर
अ अ+ अ-

काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं सुरु भइसकेको छ । विजया दशमी आउन अब चार दिन मात्रै बाँकी छ । यस वर्ष असोज २६ गते शनिबार दशैँको टिका परेको छ ।

दशैं मनाउने गाउँ फर्किनेहरुको भीड लाग्न थालेको छ । बाढी, पहिरो र डुबानले राजमार्गमा अबरोध भए पनि घण्टौं लगाएर मानिसहरु यात्रा गरिरहेका छन् । राजमार्गमा सवारी जाम बढेको छ ।

यता शहर बजारमा किनमेल गर्नेहरुको घुइँचो छ । उपभोक्ताहरु बजारमा पुगेर नयाँनयाँ सामान खरिद गरिरहेका छन् । यो बेला सबैभन्दा बढी व्यापार हुने गरेका छ ।

वर्षभरी हुने खर्च मध्ये २० प्रतिशत त दशैंका बेला मात्र हुने गरेको अर्थविद्हरु बताउँछन् । यो बेला नयाँ कपडा किन्ने, मिठो मसिनो खाने र घुम्न जाने चलन छ । यसैगरी आफन्तहरुलाई पनि उपहार किन्ने चलन छ । त्यही कारण बजारमा नयाँ कपडा र मीठा खाने कुरा खरिद गर्नेहरुको घुइँचो लागेको हो ।

अहिले अधिकांश विद्यालय बन्द भइसकेका छन् । सरकारी कार्यालयहरु पनि अब भोलिसम्म मात्र खुला रहने छन् । कतिपय कार्यालयमा त कर्मचारी आउनै छाडिसकेका छन् । जसका कारण घरबाहिर निस्किएर बजारमा घुम्ने फुर्सद मिलेको हो ।

त्यसैले काठमाडौंको न्यूरोड, असन, बौद्ध, रत्नपार्कलगायत विभिन्न ठाउँमा भीड देख्न सकिन्छ । आजको फोटो फिचरमा न्यूज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका बजार, उपभोक्ता र व्यापारीका केही तस्बिर ।