४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध

मगर समुदायले यसपाली ‘भुस पोल्ने पर्व’ मनाउन पाएनन्

मगर समुदायले यसपाली ‘भुस पोल्ने पर्व’ मनाउन पाएनन्
अ+ अ-

बागलुङ । प्रकृतिपूजक मगर समुदायले यसपालि धुमधामसँग ‘भुस पोल्ने पर्व’ मनाउन पाएनन् । १५औँ शताब्दीदेखि चल्तीमा आएको मानिने सो पर्व कोभिड–१९ का कारण पूजापाठ र औपचारिकतामै सीमित रह्यो । ताराखोला गाउँपालिका–२ अर्गलमा वर्षेनी कात्तिक २४ गतेदेखि शुरु हुने पर्वको रौनक महिनाको अन्त्यसम्मै चल्थ्यो । मगर भाषा तथा संस्कृति संवद्र्धन समितिका सचिव बिर्बलाल घर्तीमगरले यो वर्ष परम्परा धान्ने मात्र काम भएको बताए । “पर्व पहिलोको जस्तो उल्लासपूर्ण रहेन, विधि र पूजा चलाउने काम भने भयो”, उनले भने। पर्वको पहिलो दिन सोमबार शङ्खुबारीमा प्रकृतिका देउता ‘शुङ्खु’को पूजा गरी भुस पोलिएको सविव घर्तीमगरले सुनाए। पुर्खाले खोरिया खनी थातथलो बसाएको र खेती शुरु गरेको दिनको सम्झनामा भुस पोल्ने पर्व मनाउने गरिएको उनको भनाइ छ । मकै बाली भित्र्याएपछि बारीमा रहेका डाँठ, पात, पतिङ्गर जम्मा पारेर आगो लगाउने कार्यलाई नै भुस पोल्ने भनिन्छ ।

शङ्खुबारीको बीचमा रहेको ठूलो ढुङ्गालाई गाउँलेले सहकालका देउता मानेर पुज्छन् । पूजापाठ र भुस पोल्ने कार्यमा गाउँका अगुवासहित सीमित व्यक्ति सहभागी थिए । पर्वको दोस्रो दिन वर्ष दिनभित्र मृत्यु भएकाका परिवारमा मृत्यु संस्कारको रुपमा बरखी (दुःख) उम्काउने चलन छ । २४ गतेअघि जहिले मृत्यु भएको भए पनि २५ गते नै मृत्यु संस्कार पूरा हुने गर्छ । २४ गते मृत्यु भएमा भने वर्षभरिनै दुःख बार्नुपर्ने हुन्छ । घरमा चेलीबेटी, भाञ्जाभाञ्जीलाई बोलाइ दानदक्षिणा दिई मृत्यु संस्कार पूरा गर्ने गरिन्छ । मृत्यु संस्कारको समापनलाई गाउँलेले ‘होलादास’ पनि भन्ने गर्छन् । 

मृत्यु संस्कारलाई पनि मङ्गलबार पारिवारिक हिसाबले उम्काइएको सचिव घर्तीमगरले बताए । साँझ देवीदेउता र कुलपितृको पूजासहित वर्षदिनभित्र मृत्यु भएकाको आत्मशान्तिको कामना गर्दै दीपावली गरिएको थियो । पर्वको मुख्य दिन भने २६ गते पर्छ । उक्त दिन भुस पोलिएको शङ्खुबारीमा ‘छापे खन्ने’ गरिन्छ । अविवाहित युवायुवतीले मेलो (छापे) खन्ने र विवाहितले अघिअघि बीउ छर्ने चलन छ । मेलो सकिएपछि युवायुवतीहरु एकापसमा कोदालो जुधाउँछन् र तानातान गर्छन् । अन्तिममा सँगै कोदालो उठाउँदै खुशी साट्छन्, खेती लगाएको सन्देश दिन्छन् । अघिल्ला वर्षहरुमा शङ्खुबारीमा छापे खनेको हेर्न सयौँको भीड लाग्थ्यो ।

अहिले भने छापे खन्ने कार्य पनि औपचारिकतामा समेटिएको छ । छापे खनेपछि २७ गतेबाट यस वर्ष छोरा जन्मिएका घरमा शुरु हुने पुत्र बढाइँ पनि स्थगित गरिएको छ । टाढा–टाढाबाट मावली आउने, गोपीनाच देखाउने, भोज खुवाउने इत्यादि चलन रहेकाले यसपालि पुत्र बढाइँ असम्भव बनेको हो । सदियौँअघि पाल्पाको अर्गलीबाट बसाइँसराइ गरी अर्गलगाउँमा आएका मगरले भुस पोल्ने पर्वको चलन बसालेका हुन् । जङ्गली युगबाट कृषि युगमा प्रवेश गरेको दिनलाई शाखा–पुर्खाले भुस पोल्ने पर्वका रुपमा मनाउँदै आएको मगर अगुवा बताउँछन् ।

भुस पोल्ने पर्व अर्गल मात्र नभई सिङ्गो ताराखोलाकै सांस्कृतिक तथा ऐतिहासिक धरोहरका रूपमा रहेको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगरले बताए । गत वर्ष गाउँपालिकाले भुस पोल्ने पर्वमा सार्वजनिक बिदासमेत दिएको थियो । पर्वकै अवसरमा अर्गल खेलकूद विकास मञ्चले आयोजना गर्ने खेलकूद तथा सांस्कृतिक कार्यक्रमसमेत यो वर्ष भएन । ताराखोला क्षेत्रमा ऐतिहासिक भुस पोल्ने पर्वसँगै सिस्नो खोस्ने, असारे, भदोरैजस्ता मेला, पर्व प्रचलित छन् ।