१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता

सेवाग्राहीलाई प्रसुती तथा स्त्रीरोग अस्पतालले भन्यो: दशैं/तिहार विदामा पनि उपचार हुन्छ

सेवाग्राहीलाई प्रसुती तथा स्त्रीरोग अस्पतालले भन्यो: दशैं/तिहार विदामा पनि उपचार हुन्छ
अ अ+ अ-

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालले सार्वजनिक विदाको दिनमा पनि विरामीहरुको उपचार सेवा सुचारु हुने जनाएको छ ।

सोमवार अस्पतालका निर्देशक डा। श्रीप्रसाद अधिकारीले सार्वजनिक विदाको दिन पनि बिरामीहरुले अस्पतालमा उपचार सेवा पाउने स्पष्ट पार्नुभएको हो ।

दशैँ, तिहारलगायतका चाडपर्वको बेला सार्वजनिक विदा अस्पतालहरुमा पनि हुने गर्दछ । ती विदाका दिनमा पनि आफूहरुले उपचार सेवा दिने काम २४ घण्टा नै हुने र त्यो इमर्जेन्सी कक्षमार्फत हुने पनि निर्देशक अधिकारीले बताउनु भयो । उहाँले सार्वजनिक विदाको दिनमा पनि कुनै स्वास्थ्य समस्या भएका इमर्जेन्सीमार्फत २४ घण्टा नै विरामीहरुको उपचार हुने भएकाले त्यस्ता विरामीहरुले अस्पताल बन्द छ भनेर सोच्न नपर्ने बताउनु भयो । अस्पतालले दशैँमा ४ दिन र तिहारमा ३ दिन सार्वजनिक विदा दिर्ने गर्दछ । तर ती सार्वजनिक विदाको दिनमा ओपीडी सेवा बन्द भएपनि सबै विरामीको उपचार इमर्जेन्सी सेवाबाट हुनेगरी २४ घण्टा नै चिकित्सकहरु परिचालित हुने निर्देशक अधिकारीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी पहिले नै प्रिपिएर भएर बस्छौं ड्युटीमा रहेका कुनैपनि डाक्टरले विदा नलिने भनेर । त्यो युनिट, जसले आजको ड्युटी गर्छ, फूलपातीमा, अष्टमी ड्युटी गर्छ । उहाँहरुले आफ्नो गु्रपमा समयमै ड्युटीमा आउने, सकेसम्म विदा नलिने, लिन परे रिप्लेस गरेर लिने । यसरी हामीले ह्युमन रिसोर्सलाई पनि मिलाएका छौं । र, कर्मचारी प्रशासनलाई पनि हामीले यो कुरा अवगत गराएका छौं । बच्चा कम चल्यो । मानौं, बच्चा आज कम चल्यो, अथवा पानी बगेजस्तो भयो ।

अथवा अलि पेट दुखेजस्तो भयो । अव उहाँहरुलाई मलाई केही भयो कि भन्ने शंका लाग्यो भने उहाँहरुले विदाको दिन छ भनेर घर बस्नु पर्दैन, तुरुन्त इमर्जेन्सी डाईरेक्ट आउन सक्नु हुन्छ । र, ठिक छ भनेर भिडियो एक्सरे लगायतका गरेर बरु घर जान सकिन्छ । तर विदाको दिन भनेर डाक्टर भेट्दैन कि भनेर सोच्नुपर्दैन । किनभने हामी डयुटीमा कम्तिमा ६ जना एमडी गरेका डाक्टरहरु र ६ जना एमडी गरिसकेका डाक्टरहरु १२ जना डाक्टरहरुको टिम एभ्री डे २४ घण्टा नै बसिरहेका हुन्छन् ।’

दशैँको ४ दिन, तिहारको ३ दिन र कृष्ण जन्माष्टमी र शिवरात्रीको दिन अस्पतालले सार्वजनिक विदा दिने गरेको छ । त्यसबाहेका अन्य सार्वजनिक विदाहरुमा आधा दिन अस्पतालले बिरामीहरुका लाग सेवा दिने काम गर्ने पनि अस्पतालले जनाएको छ । निर्देशक डा। अधिकारीले विदाको दिनमा पनि करिव १२ जना चिकित्सकहरुको समूह २४ घण्टानै उपचारका लागि परिचालन हुने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दशैंको ३ दिन, स्पेसली फूलपाती, अष्टमी र दशमी । यसपाली नवमी भएन । ३ दिन हामीले सार्वजनिक विदा नै गरेका छौं । यसमा हाम्रो २४ घण्टा नै इमर्जेन्सी सर्भिस चल्छ । र कुनैपनि विरामीहरुले अस्पताल विदा छ भनेर कुनै समस्या परेर अस्पताल बन्द छ भनेर घर बस्नुपर्ने अवस्था हुँदैन । किनभने उहाँहरुलाई कुनै पेट दुखेमा, बच्चा कम चलेमा, ब्लड गएमा अथवा कुनै सामान्य समस्या पानी बगेमा र मलाई केही भयो कि भन्ने शंका लागेका उहाँहरु तुरुन्तै इमर्जेन्सीमा आएर त्यहाँ २४ घण्टा नै डाक्टरहरु हुनुहुन्छ । यस अस्पतालमा एमडी गरेका कम्तिमा ६ देखि ८ जना एमडी गरेका डाक्टरहरु बस्नुहुन्छ । त्यसले गर्दा उहाँहरुलाई अरु बेलामा जस्तै हामीले ओपीडीमा जस्तै सर्भिस दिनसक्छौं ।

अर्को कुरा के छ भने यो अस्पतालमा विदाको दिनमा पनि सार्वजनिक विदाको दिनमा दशैंको ३ दिन र तिहारको ३ दिन र कृष्ण जन्माष्टमी र शिवरात्रीको दिन बाहेक अन्य दिनमा नेपाल सरकारले गरेको विदाहरुमा पनि हामीले आधा दिन विरामीहरुलाई कहिले काँही २, ३ दिनसम्म लगातार विदा पर्ने, शनिवार पनि विदा पर्ने हुनाले गर्भवती महिलाहरुलाई, सेवाग्राहीहरुालाई मर्का पर्ने भएर यस अस्पतालले पहिले देखि नै एउटा निर्णय गरेर हस्पिटल चाँही आधा दिन चलाउने भनेको भनेको १—२ बजेसम्म चलाउने । जसले गर्दाखेरी हामीले सेवाग्राहीहरुको इमर्जेन्सीमा भिड पनि कम भयो । र, ओपीडीमा आउने विरामीहरु फर्केर जान पनि परेन । यसले गर्दाखेरी यहाँको सेवाग्राहीहरु चाहीँ अलि सन्तुष्ट देखेका छौं । किनभने उहाँहरुलाई एउटा सेवा पनि राम्रो भयो । र, अर्को चाहीँ इमर्जेन्सीमा जुन विरामीले चाँडो सेवा पाउनुपर्ने हो, ओपीडीका विरोमी जम्मा भईदिने बित्तिकै उक्त विरामीले वा इमर्जेन्सीका विरामीले सेवा ढिलो पाउन सक्छ । लाईन बस्नुपर्ने हुन सक्छ । यसलाई सहजीकरण भएको छ । ’

अस्पतालमा हाल गर्भवती महिलाहरुको चाप बढेको छ । असार, साउन, भदौ, असोजमा गर्भवतीको संख्या बढेर महिनामा करिव २ हजारको संख्या पुग्ने गरेको पनि निर्देशक डा। अधिकारीले बताउनु भयो । रासस