२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै



अ+ अ-

एजेन्सी । रोहित शेट्टीको बहुप्रतिक्षित फिल्म ‘सिंघम अगेन’ दीपावलीको अवसरमा रिलिज हुँदैछ । आज अक्टोबर ७ मारिलिज हुने यस फिल्मको ट्रेलर ४ मिनेट ४५ सेकेण्ड राखिएको छ ।

यस्तो अवस्थामा यो हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा लामो ट्रेलर हुनेछ ।

पिंकभिल्लाको हालैको रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै सिंघम अगेनको ट्रेलर हिन्दी फिल्मको सबैभन्दा लामो ट्रेलर हुने बताइएको छ, जसको लम्बाइ ४ मिनेट ४५ सेकेन्ड राखिएको छ ।

अजय देवगन, करीना कपुर, अक्षय कुमार, दीपिका पादुकोण, टाइगर श्राफ, अर्जुन कपुर, ज्याकी श्राफ लगायतका कलाकारहरु यस एक्सन प्याक ट्रेलरमा देखिनेछन् ।

एक्सनले भरिपूर्ण हुने ट्रेलरमा सबै स्टारकास्टका उत्कृष्ट र दमदार संवादहरू देखिने छ ।

सिंघम अगेनको ट्रेलर लन्च कार्यक्रम मुकेश अम्बानीको कल्चरल सेन्टर (नीता मुकेश अम्बानी कल्चरल सेन्टर) मुम्बईमा हुने छ, जहाँ फिल्मको स्टारकास्टिङको उपस्थिति रहनेछ ।

सुरुमा यो फिल्म १५ अगस्ट २०२४ मा रिलिज हुने तय गरिएको थियो । तर, निर्माण पक्षले फिल्मको रिलिज स्थगित गरेको थियो । यसपछि दीपावलीको अवसरमा फिल्मको मिति तय गरिएको छ । कार्तिक आर्यन र तृप्ति डिम्री अभिनित फिल्म भुल भुलैया ३ सँग भिड्ने यो फिल्म नोभेम्बर १ मा रिलिज हुँदैछ ।