२१ आश्विन २०८१, सोमबार
,
Latest
सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती नेपाली सेनाद्वारा पर्वतको कुश्मामा शंकास्पद वस्तु निस्क्रिय काठमाडौं महानगरपालिकाको अनुगमन: २२ पसलमा म्याद गुज्रिएका सामान भेटिए प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण सबैभन्दा बढी कुन देशका मानिसले पिउँछन् बियर ? हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै



अ+ अ-

एजेन्सी । रोहित शेट्टीको बहुप्रतिक्षित फिल्म ‘सिंघम अगेन’ दीपावलीको अवसरमा रिलिज हुँदैछ । आज अक्टोबर ७ मारिलिज हुने यस फिल्मको ट्रेलर ४ मिनेट ४५ सेकेण्ड राखिएको छ ।

यस्तो अवस्थामा यो हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा लामो ट्रेलर हुनेछ ।

पिंकभिल्लाको हालैको रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै सिंघम अगेनको ट्रेलर हिन्दी फिल्मको सबैभन्दा लामो ट्रेलर हुने बताइएको छ, जसको लम्बाइ ४ मिनेट ४५ सेकेन्ड राखिएको छ ।

अजय देवगन, करीना कपुर, अक्षय कुमार, दीपिका पादुकोण, टाइगर श्राफ, अर्जुन कपुर, ज्याकी श्राफ लगायतका कलाकारहरु यस एक्सन प्याक ट्रेलरमा देखिनेछन् ।

एक्सनले भरिपूर्ण हुने ट्रेलरमा सबै स्टारकास्टका उत्कृष्ट र दमदार संवादहरू देखिने छ ।

सिंघम अगेनको ट्रेलर लन्च कार्यक्रम मुकेश अम्बानीको कल्चरल सेन्टर (नीता मुकेश अम्बानी कल्चरल सेन्टर) मुम्बईमा हुने छ, जहाँ फिल्मको स्टारकास्टिङको उपस्थिति रहनेछ ।

सुरुमा यो फिल्म १५ अगस्ट २०२४ मा रिलिज हुने तय गरिएको थियो । तर, निर्माण पक्षले फिल्मको रिलिज स्थगित गरेको थियो । यसपछि दीपावलीको अवसरमा फिल्मको मिति तय गरिएको छ । कार्तिक आर्यन र तृप्ति डिम्री अभिनित फिल्म भुल भुलैया ३ सँग भिड्ने यो फिल्म नोभेम्बर १ मा रिलिज हुँदैछ ।