२२ मंसिर २०८२, सोमबार
,
Latest
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै: अर्थविद् नरबहादुर थापा स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा एनपीएलमा आज खेल नहुने, भोलि पहिलो क्वालिफायर ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो तोरीबारीबीच चम्किने हिमशृंखला-फोटो फिचर वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएल अक्सन: ललित राजवंशी जनकपुरमा, सूर्य तामाङ लुम्बिनीमा



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सुरु भएको छ । अक्सनको सुरुमा फास्ट बलर रिजन ढकाल बिक्री भए । उनलाई चितवन राइनोजले १० लाखमा खरिद गरेको हो ।

यस्तै, लुम्बिनी लायन्सले गोलाप्रथाबाट आशुतोष घिरैयालाई १० लाख रुपैयाँमा खरिद गरेको भने सुदूरपश्चिम रोयल्सले स्थानीय खेलाडी भोजराज भट्टलाई ४ लाख ५० हजार रुपैयाँमा किनेको छ ।

जनकपुर बोल्ट्सले गोलाप्रथाबाट १५ लाख खर्चेर ललित राजवंशीलाई अनुबन्ध गरेको छ भने गोलाप्रथाबाटै लुम्बिनी लायन्सले सूर्य तामाङलाई १५ लाखमा अनुबन्ध गरेको छ ।

यस्तै, लोकेश बमलाई गोलाप्रथामा विराटनगर किंग्सले १५ लाख रुपैयाँमा किनेको छ भने सुबास भण्डारीलाई २ लाख ५० हजारमा खरिद गरेको छ ।

विपिन रावललाई चितवन राइनोजले ८ लाख रुपैयाँ खर्चेर किनेको छ भने नरेन भट्टलाई विराटनगर किंग्सले २ लाख खर्चेर आफ्नो टोलीमा सामेल गरेको छ ।