२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि



अ+ अ-

एजेन्सी । हमासले शुक्रवार राति वेस्ट बैंकको तुलकर्ममा हमास नेटवर्कका प्रमुख कमाण्डर जाही यासेर अब्द अल–राजेक ओफीको मृत्यु भएको पुष्टि गरेको छ ।

हमासको सशस्त्र शाखा अल–कसाम ब्रिगेडले आफ्ना आपराधिक निर्णयहरूको मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभयो । ओफीले सेप्टेम्बर २ मा एटेरेटमा कार बम आक्रमणको प्रयासको योजना बनाएको र नेतृत्व गरेको थियो ।

बिहीवार उत्तरी वेस्ट बैंकमा रहेको तुलकर्म शरणार्थी शिविरलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा कम्तीमा १८ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले एक संक्षिप्त जनाएको छ ।