१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष ढकाललाई पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मान



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल विकास मञ्चले सम्मान प्रदान गरेको छ ।

नेपालका एक उद्यमीका रुपमा देशको अर्थतन्त्रको विकासका क्षेत्रमा पुर्याउनुभएको उल्लेखनीय योगदानका साथै साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा जन्मिएर नेपाली व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षजस्तो उच्च पदमा पुग्न सफल भएकामा उहाँलाई सो सम्मान प्रदान गरिएको थियो ।

साथै सो मञ्चका निवर्तमान अध्यक्ष समेत रहनुभएका ढकालले मञ्चको संस्थागत विकासका क्षेत्रमा निर्वाह गर्नुभएको विशिष्ठ भूमिकाको कदरस्वरुप उहाँलाई सो सम्मान प्रदान गरिएको मञ्चले जनाएको छ ।

मञ्चको वार्षिक साधारणसभाका अवसरमा आज राजधानीमा आयोजित एक समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याणराज श्रेष्ठले उहाँलाई उक्त सम्मान प्रदान गर्नुभएको थियो ।

साथै सो क्षेत्रका व्यक्तित्वहरु मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशाेकराज सिग्देललगायतका विशिष्ठ व्यक्तित्वहरुलाई पनि सो कार्यक्रममा सम्मान प्रदान गरिएको थियो ।

नेपाल हाल संघीय शासन प्रणालीमा रुपान्तरित भएको भए पनि साविकको पश्चिमाञ्चल विकास क्षेत्रको विकास र प्रवर्धन हेतु स्थापित सो मञ्चले मुलुकको पश्चिमाञ्चल क्षेत्रमा जन्म भई राष्ट्रिय जीवनका उच्च पदमा पुग्न सफल व्यक्तित्वहरुलाई सम्मान प्रदान गर्ने गर्दछ ।