२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजरायललाई इरानको तेल साइटहरुमा आक्रमण नगर्न सल्लाह दिँदै मध्यपूर्वमा सम्भावित युद्धबाट बच्न विश्वलाई एकिकृत गर्न खोजिरहेको बताउनुभएको छ ।

ह्वाइट हाउसमा पूर्वजानकारी बिना अकस्मात आयोजित ब्रीफिंगमा बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अर्को कदमबारे निर्णय गर्दा इजरायलका लागि अमेरिकी समर्थनलाई स्मरण गर्नुपर्ने बताउनुभयो ।

“यदि म इजरायलको ठाउँमा हुन्थे भने म तेल साइटमा आक्रमण गर्ने बाहेक अन्य विकल्पको बारेमा सोच्ने थिए”, बाइडेनले सञ्चारकर्मीलाई बताउनुभयो ।

“इजरायलमा मङ्गलबार इरानले गरेको विशाल ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलीहरु के गर्ने, कसरी गर्ने भन्ने निष्कर्षमा पुगेका छैनन्“ उहाँले भन्नुभयो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इजरायलमाथि तेहरानको मिसाइल आक्रमणको प्रतिशोधमा इरानी तेल साइटहरूमा सम्भावित इजरायली आक्रमहरूबारे ‘छलफल गरिरहेको’ बताउनुभएपछि तेलको मूल्य बढेको हो ।
राष्ट्रपतिय निर्वाचन नजिँकिदै गर्दा कुनै पनि दीर्घकालीन वृद्धि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसका लागि हानिकारक हुन सक्छ ।

यसैबीच, उत्तरी क्यारोलिनामा चुनावी प्रचारमा लाग्नुभएका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले इरानको आणविक सुविधलाई इजरायलले लक्षित गर्ने सम्भावनाबारे बाइडेनलाई यस हप्ता सोधिएको प्रश्नलाई उद्धृत गर्दै इरानप्रति प्रतिक्रिया कस्तो हुनुपर्छ भन्नेबारे अझ बढी उत्तेजक दृष्टिकोण प्रस्तुत गर्नुभएको छ ।