३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

छायाङ्कनको अनुमति दिन सरकारसंग नेपाल चलचित्र निर्माता संघको आग्रह



अ+ अ-

काठमाडौं । नेपाल चलचित्र निर्माता संघले तिहार लगत्तै चलचित्र छायांकनका लागि अनुमति दिन सरकारलाई आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेपनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर काम गर्ने भन्दै संघले छायांकन र हल खोल्ने अनुमति दिन माग गरेको हो । लक डाउन खुलेसँगै अन्य क्षेत्रहरु खुला गरेको सरकारले चलचित्र क्षेत्र अहिलेसम्म सञ्चालनको अनुमति नदिएर अपहेलना गरेको संघका अध्यक्ष आकाश अधिकारीले बताउनुभयो ।

सरकारले चलचित्र क्षेत्रलाई नाच्ने गाउने र मनोरञ्जनको क्षेत्रका रुपमा मात्रै सोचेको महशुस आफुहरुलाई भएको उहाँले बताउनुभयो । चलचित्र क्षेत्र मनोरञ्जनसँगै कला, संस्कृति, भेषभूषाको समिश्रण भएको उल्लेख गर्दै उहाँले यस्तो महत्वपूर्ण क्षेत्रलाई राज्यले अपहेलना गरेको बताउनुभयो । अहिले चलचत्रि क्षेत्र बन्द हुँदा प्रत्यक्ष रुपमा ३५ हजार र यसक्षेत्रमा आश्रीत १ लाख ७५ हजार बढी व्यक्ति बेरोजगार बसेको उहाँले बताउनुभयो । धेरै समयमा उद्योग बन्द हुँदा प्राविधिक र दक्ष जनशक्ति पलाउन हुने खतरा भएकाले यसतर्फ पनि ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

अहिले लक डाउन खुकुलो भएपनि धेरै क्षेत्रहरु बन्द रहेका छन् । विशेषगरी बढी  भिडभाड हुने क्षेत्रहरु विद्यालय, मठ मन्दिर, चलचित्र क्षेत्रहरु लगायत बन्द छन् । पछिल्लो समयमा काठमाडौं उपत्यकामा संक्रमणको दर पनि बढीरहेको छ । नेपालमा २ लाख बढीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।