२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त



अ+ अ-

विराटनगर । विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु भएपछि तनावग्रस्त बनेको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले विराटनगर – १८ आइसीपी रोडमा ढुङ्गामुढासहित प्रदर्शन गरेका छन् ।

प्रहरीले स्थिती नियन्त्रणमा लिन १० राउन्ड अश्रु ग्यास प्रहार गरिएको मोरङ प्रहरीका डीएसपी बेद जोशीले बताए ।

बिहीबार बेलुका झण्डै ७ बजे ना ४ ख २४८३ नम्बरको ट्रकले साइकलयात्री विराटनगर-१८ का अन्दाजी ६० वर्षीय श्याम साहलाई ठक्कर दिएको थियो । उपचारका लागि विराट नर्सिङहोम पुर्‍याएलगत्तै साहको मृत्यु भएको थियो ।

सडक साँघुरो हुँदा दुर्घटना बढेको भन्दै करिब ५ सयको संख्यामा भेला भएका स्थानीयले सडकको स्तरोन्नति हुनुपर्ने, मालवाहक सवारीसाधनको गति सीमित गर्नुपर्ने, रात्रिकालीन बत्तीको व्यवस्था हुनुपर्ने लगायतका माग राखेका छन् ।

प्रहरीले ट्रक चालक सुनसरीको बर्जु गाउँपालिका ५ का ३० वर्षीय दिपक यादवलाई नियन्त्रणमा लिएको छ ।