२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानका स्टार स्पिनर राशिद खानले गरे विवाह



अ+ अ-

एजेन्सी । अफगानिस्तानका स्टार स्पिनर राशिद खानले विवाह गरेका छन् । राशिदले अफगानिस्तानको राजधानी काबुलमा विवाह गरेका हुन् । अफगान स्पिनरको विवाह पश्तुन परम्परा अनुसार भएको थियो ।

भाइरल भएका तस्विरका अनुसार राशिदले बिहीबार ३ अक्टोबरमा विवाह गरेका थिए । तर, सार्वजनिक भएका तस्बिरमा राशिदकी श्रीमती देखिएकी छैनन्, न त उनको बारेमा कुनै जानकारी नै छ ।

उनको विवाहमा अफगानिस्तानका सबै क्रिकेटर सहभागी भएका थिए । राशिदको विवाहका सबै तस्विरहरु सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् ।

रिपोर्टका अनुसार राशिदसँगै उनका तीन भाइको पनि विवाह भएको थियो ।

राशिदको विवाहमा अफगानिस्तान क्रिकेट टिमबाट खेल्ने उनका सबै साथी क्रिकेटरहरु सहभागी भएका थिए । बिहेमा टोलीका अनुभवी अलराउन्डर मोहम्मद नाबी पनि देखिएका थिए । यसबाहेक अलराउन्डर अजमातुल्लाह ओमरजाई पनि देखिएका थिए ।

राशिदको विवाहमा नजिबुल्लाह जद्रान, रहमत शाह र मुजीब उर रहमानलगायत अन्य धेरै स्टारहरू देखिएका थिए । अफगानिस्तान क्रिकेट बोर्डका सीईओ नसीब खान पनि राशिदको विवाहमा सहभागी भएका थिए ।

राशिद खान अमेरिका र वेस्ट इन्डिजले आयोजना गरेको टी–२० विश्वकप २०२४ मा अफगानिस्तानको कमान्डिङ सम्हालेका थिए । अफगानिस्तानको टोली कुनै पनि आईसीसी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको यो पहिलो पटक हो । अनुभवी रासिदको कप्तानी टोलीका लागि अहिलेसम्म निकै भाग्यशाली साबित भएको छ ।