२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानका स्टार स्पिनर राशिद खानले गरे विवाह



अ+ अ-

एजेन्सी । अफगानिस्तानका स्टार स्पिनर राशिद खानले विवाह गरेका छन् । राशिदले अफगानिस्तानको राजधानी काबुलमा विवाह गरेका हुन् । अफगान स्पिनरको विवाह पश्तुन परम्परा अनुसार भएको थियो ।

भाइरल भएका तस्विरका अनुसार राशिदले बिहीबार ३ अक्टोबरमा विवाह गरेका थिए । तर, सार्वजनिक भएका तस्बिरमा राशिदकी श्रीमती देखिएकी छैनन्, न त उनको बारेमा कुनै जानकारी नै छ ।

उनको विवाहमा अफगानिस्तानका सबै क्रिकेटर सहभागी भएका थिए । राशिदको विवाहका सबै तस्विरहरु सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् ।

रिपोर्टका अनुसार राशिदसँगै उनका तीन भाइको पनि विवाह भएको थियो ।

राशिदको विवाहमा अफगानिस्तान क्रिकेट टिमबाट खेल्ने उनका सबै साथी क्रिकेटरहरु सहभागी भएका थिए । बिहेमा टोलीका अनुभवी अलराउन्डर मोहम्मद नाबी पनि देखिएका थिए । यसबाहेक अलराउन्डर अजमातुल्लाह ओमरजाई पनि देखिएका थिए ।

राशिदको विवाहमा नजिबुल्लाह जद्रान, रहमत शाह र मुजीब उर रहमानलगायत अन्य धेरै स्टारहरू देखिएका थिए । अफगानिस्तान क्रिकेट बोर्डका सीईओ नसीब खान पनि राशिदको विवाहमा सहभागी भएका थिए ।

राशिद खान अमेरिका र वेस्ट इन्डिजले आयोजना गरेको टी–२० विश्वकप २०२४ मा अफगानिस्तानको कमान्डिङ सम्हालेका थिए । अफगानिस्तानको टोली कुनै पनि आईसीसी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको यो पहिलो पटक हो । अनुभवी रासिदको कप्तानी टोलीका लागि अहिलेसम्म निकै भाग्यशाली साबित भएको छ ।